Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

“धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य अनिवार्य” : मन्त्री प्रदीप यादव

spot_img
spot_img

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सबै तहका सरकार, सरोकार निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री यादवले समस्याको समाधान राजनीति होइन, सहकार्यबाट सम्भव हुने भन्दै सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले भने, “प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ, तर नगरप्रमुखसँग छलफल गर्ने समयसमेत नपाउनु दुःखद् हो।”

मन्त्रीका अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा धरानको खानेपानी समस्या समाधानका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। तर धरान नगरपालिकाले बजेट लिन अस्वीकार गरेको भन्दै यसले समाधान प्रक्रियालाई ढिलो बनाएको बताए।

“समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ,” मन्त्री यादवले आग्रह गरे। उनले जनताको आधारभूत अधिकार जस्तो खानेपानीमा राजनीतिक पूर्वाग्रह नराखी साझा उद्देश्यसाथ अघि बढ्न सबै पक्षलाई आग्रह गरे।

खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनताको समस्या समाधान पहिलो प्राथमिकता भएको उल्लेख गर्दै यादवले समाधानको पहिलो शर्त छलफल र समन्वय भएको बताए। “सस्तो लोकप्रियताको लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ,” उनले निष्कर्ष निकाले।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...