Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बाल सुधार गृहका चौकीदारद्वारा कैदीसँग १० लाख ठगी, पक्राउ गरी अनुसन्धान सुरू

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित बाल सुधार गृहमा कार्यरत चौकीदारले कैदीहरूलाई दबाबमा पारेर ठगी गरेको खुलेको छ । सिराहाकाे लाहान नगरपालिका–३ निवासी २४ वर्षीय प्रमानन्द गुप्ता नामक चौकीदारले बाल सुधार गृहमा कैद सजाय भोगिरहेका १० जना कैदीहरूसँग १० लाख १५ हजार ३ सय सत्तरी रुपैयाँ बराबरको रकम नगद तथा Esewa मार्फत असुली गरेका थिए ।

गुप्ताले आफ्नो चौकीदारको हैसियतको दुरुपयोग गर्दै कैदीहरूलाई दबाब तथा प्रभावमा पारेर सो रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रमानन्द गुप्ता बुधबार बाल सुधार गृहबाट कैद भुक्तान गरी छुट्ने जानकारी पाएपछि पीडित कैदीहरूले बाल सुधार गृह प्रशासन तथा प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए।

प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले गुप्तालाई तत्काल नियन्त्रणमा लिई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (Extortion) सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी थप गरि अनुसन्धान अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार, यस घटनाले सुधार गृहमा सुरक्षा व्यवस्थापन र निगरानी प्रणालीमा गम्भीर प्रश्न उठाएको छ। बाल सुधार गृहहरू जस्ता संवेदनशील ठाउँमा कार्यरत जिम्मेवार व्यक्तिबाट यस्तो आपराधिक कार्य हुनु निन्दनीय रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन,...

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष...

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...