Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्साको ग्रामीण क्षेत्रमा लागू औषध दुर्व्यसन बढ्दै, युवाहरू जोखिममा

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्सा जिल्लाको ग्रामीण भेग विशेष गरी सेढवा, ठोरी र आसपासका क्षेत्रमा युवाहरूमा लागू औषध दुर्व्यसन तीव्र गतिमा फैलिँदै गएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, जाड–रक्सी, बिडी, चुरोट, सुर्ती, गुटखा जस्ता पदार्थको प्रयोग त सामान्य जस्तै बनेको छ भने अब गाँजा, चरेस, नशालु ट्याबलेट र इन्जेक्शन (जस्तै नाईट्रोभेट) को सेवन पनि व्यापक रूपमा भइरहेको छ। यस्ता पदार्थ सेवन गरेपछि युवाहरू चेतना शून्य बन्ने, झैँ–झगडा, चोरी तथा हिंसात्मक क्रियाकलापमा संलग्न हुने गरेका छन्।

प्रहरीको भनाइमा, लागू औषध ल्याउने अधिकांश व्यक्ति १५ देखि २५ वर्षका युवाहरू छन्, जसले भारतीय बजारबाट प्रतिबन्धित औषधिहरू ल्याउने प्रयासमा पटक–पटक पक्राउ परेका छन्। यस्ता गतिविधिमा सामुदायिक सहयोग नहुँदा निगरानीमा समस्या भइरहेको थापा बताउँछन्।

स्थानीय बासिन्दाहरूको गुनासो:

ठोरी गाउँपालिका–५ सुवर्णपुरका रामबहादुर पाख्रिन भन्छन्, “शहरका विकृति गाउँ पसिसकेका छन्, तर स्थानीय सरकार कुनै कार्यक्रम लिएर आएको छैन।” उनले हरेक वर्ष लाखौं बजेट बिनियोजन भए पनि कार्यक्रम केवल कागजमै सीमित हुने र कर्मचारी–जनप्रतिनिधि मिलोमतोमा नजिकका संस्थालाई दिइने आरोप पनि लगाएका छन्।

सामाजिक अभियान्ता प्रकाश थारुको भनाइ:

बालबालिकाले सानैदेखि बिडी, चुरोट, रक्सी किन्ने र सेवन हेर्ने वातावरणमा हुर्कनुले दुर्व्यसनको बीउ परिवारबाटै सुरु भएको थारुले बताए। उनका अनुसार, दुई दशक पहिले “दुर्व्यसनी” शब्द गाउँमा सुनिँदैनथ्यो, तर अहिले अवस्था भयावह भइसकेको छ।

उनले समाधानका लागि स्थानीय सरकार, प्रहरी प्रशासन, अभिभावक, सामाजिक अभियान्ता र सञ्चारकर्मीहरू सबैको साझा प्रयास आवश्यक रहेको औंल्याएका छन्।

यस समस्याको दीर्घकालीन समाधानका लागि नशा नियन्त्रण कार्यक्रमलाई व्यवहारिक बनाउनुका साथै विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ। समाजको भविष्य रहेका युवाहरूलाई दुर्व्यसनको चक्रव्यूहबाट जोगाउन अब ढिला गर्नु हुँदैन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...