Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

प्रेस्टिज कार्पेट उद्योगको उत्पादन अब युएई र अमेरिकामा

spot_img
spot_img

वीरगंज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित प्रेस्टिज कार्पेट उद्योगले तेस्रो मुलुकतर्फ नेपाली उत्पादनको निर्यात सुरु गरेको छ। अत्याधुनिक प्रविधिबाट निर्माण भएको यो उद्योगबाट उत्पादीत कार्पेट अहिले संयुक्त अरब इमिरेट्स (दुबई) र अमेरिकातर्फ निर्यात हुन थालेको हाे।

दुईवटा ४० फिटे कन्टेनरमा करीब ३० हजार वर्गमिटर कार्पेट वीरगञ्ज भन्सार कार्यालयकाे सुक्खा बन्दरगाह हुँदै कोलकातातर्फ प्रस्थान गरिसकेको छ। उद्योगका सञ्चालक अमन साहका अनुसार उक्त कार्पेटहरु यूएई र अमेरिका निर्यातको लागि पठाइएको हो।

स्पेन र अमेरिकन टेक्नोलोजी, नेपालमै गुणस्तरीय उत्पादन

प्रेस्टिज कार्पेट उद्योगमा प्रयोग भएको प्रविधि स्पेन र अमेरिका हुँदै आएको हो। गुणस्तरमा कुनै सम्झौता नगर्ने उद्देश्यले डिजिटल डिजाइनसहितका आकर्षक, रङ र ग्राहकको आवश्यकता अनुसारको कार्पेट उत्पादन गरिँदै आएको अर्का सञ्चालक अनमोल साहले जानकारी दिए।

उनले भने, “हामी तीन वर्षदेखि भारतमा निर्यात गर्दै आएका थियौं, तर अब अन्तर्राष्ट्रिय स्तरमै नेपालको पहिचान बनाउन हामीले दुबई र अमेरिकाजस्ता बजारमा पाइला टेकेका हौं।”

५० करोड स्थिर पुँजी, ९० जनालाई प्रत्यक्ष रोजगारी

उद्योगमा ५० करोडभन्दा बढी स्थिर पुँजी लगानी गरिएको छ (जग्गा र संरचना बाहेक)। यस उद्योगमा हाल ९० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। दक्ष जनशक्ति र उच्च प्रविधिको संयोजनमा आधारित उद्योगले वार्षिक २० लाख वर्गमिटर उत्पादन क्षमतामध्ये हाल १२ लाख वर्गमिटर उत्पादन गर्दै आएको छ।

विदेशी कार्पेटको विकल्पमा नेपाली उत्पादन

पूर्वमा चीन र थाइल्यान्डदेखि पश्चिममा टर्कीसम्मबाट आयात हुने कार्पेटको विकल्पमा अब नेपाली उत्पादन स्थापित हुँदैछ। हरेक वर्ष करिब १० अर्ब रुपैयाँ बराबरको कार्पेट आयात हुने गरेकोमा पछिल्लो केही वर्षमा स्वदेशी उत्पादन बढेसँगै यो परिमाण घट्दो क्रममा छ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भने, “नेपालमै उत्पादित कार्पेट अन्तर्राष्ट्रिय बजारमा निर्यात हुनु हाम्रो लागि मात्र होइन, समग्र मुलुकको औद्योगिक भविष्यका लागि पनि गर्वको विषय हो।”

उनले नेपाली कार्पेटको रङ, डिजाईन, बनावट र टिकाउपन अन्तर्राष्ट्रिय स्तरको भएको बताउँदै अझै प्रवर्द्धन र विस्तारको आवश्यकता रहेको बताए।

विदेशी कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादित कार्पेट अहिले विश्वका प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न पुगेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...