Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

एसपी राधेश्याम धिमाललाई नेशनल मेडिकल कलेजद्वारा सम्मानपूर्वक विदाई

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई विशेष सम्मानसहित विदाई गरेको छ। समाजमा शान्ति सुरक्षा कायम राख्न तथा सामाजिक उत्तरदायित्व निर्वाहमा उल्लेखनीय योगदान गरेको भन्दै कलेज प्रशासनले उनलाई सम्मानपूर्वक बिदा गरेको हो।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलेजका प्रबन्ध–निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डा. ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह तथा पर्साका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले एसपी धिमालको कार्यकाललाई स्मरणीय बनाउने खालको बताउँदै वीरगंजको शान्ति सुरक्षामा देखाएको सक्रियता र जनसम्पर्क क्षमताको खुलेर प्रशंसा गरे।

कार्यक्रमको अन्त्यमा एसपी धिमालले आफूलाई सम्मानित गरेबापत कलेज परिवारप्रति आभार प्रकट गर्दै भने, “सामाजिक संस्थाहरूको साथ र सहकार्यले प्रहरी प्रशासनको सेवा अझ प्रभावकारी बन्छ भन्नेमा म विश्वास गर्छु।”

कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीका अनुसार, धिमालको योगदानको सम्मानस्वरूप यस्तो कार्यक्रम आयोजना गरिएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...