Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज २४ का वडाध्यक्ष आफैँ ट्याक्टर चलाउँदै, पानी लिएर घर–घरमा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मीले हालको पानी संकटको घडीमा नेतृत्वको उदाहरणीय भूमिका निभाइरहेका छन् । पानीको चरम अभाव भइरहेका बेला अध्यक्ष कुर्मी स्वयं ट्याक्टरको ड्राइभर बनेर वडावासीको घरघरमा पानी पुर्‍याइरहेका छन् ।

वडामा खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानवासीहरू निकै समस्यामा परेका थिए । यस्तो कठिन परिस्थितिमा वडाध्यक्ष कुर्मीले पहल गर्दै पानी ट्यांकरको व्यवस्थापन मात्र नभई, आफैँ ट्याक्टरको स्टेरिङ समातेर प्रत्यक्ष रूपमा सेवा दिन थालेका छन् ।

“जनताले छटपटी गरिरहँदा म चुपचाप बस्न सक्दिनँ,” अध्यक्ष कुर्मीले भने, “तत्काल समाधान दिन नसके पनि असहज घडीमा साथ दिनु मेरो कर्तव्य हो ।”

स्थानीयवासीहरूले अध्यक्षको यो कदमको खुलेर प्रशंसा गरेका छन् । एक स्थानीय बासिन्दा प्रमिला देवीका अनुसार, “हामीलाई यस्तो नेता भेटिएकोमा गर्व छ, जसले कुर्सी होइन, जनताको पीडा देख्छन् ।”

यस प्रकारको सक्रियता र जनप्रतिनिधिको मानवीय भूमिका अन्य वडाहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्लेषण गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...