Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन वीरगंजद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्तिकाे दरखास्त आव्हान

spot_img
spot_img

वीरगंज । प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरगंजले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि “प्याब्सन छात्रवृत्ति परीक्षा २०८२” को दरखास्त आव्हान गरेकाे छ । आर्थिक रूपमा कमजोर तथा मेहनती विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न दरखास्त आव्हान गरिएकाे प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।

प्याब्सन वीरगंजका कार्यसमिते वीरगंजका +२ कलेजहरूसँग समन्वय र सहयोगको आह्वान गर्दै परीक्षा सफल पार्न सक्रिय सहभागिताको अपील गरेको छ । अध्यक्ष श्रीवास्तवका अनुसार छात्रवृति परीक्षा २०८२ साउन १० गते (शनिबार) हुने तय भएको छ । फारम बुझाउने अन्तिम मिति साउन ६ गते र प्रवेश पत्र वितरण मिति साउन ८ गते तोकिएको छ । छात्रवृत्तिको लागि जम्मा २८ जना विद्यार्थीहरू छनोट गरिनेछ भने परीक्षा केन्द्रको जानकारी चाँडै सार्वजनिक गरिने प्याब्सनले जनाएकाे छ ।

मेहनती विद्यार्थीको पहिचान, प्रोत्साहन तथा आर्थिक अभावमा रहेका विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्नु छात्रवृति वितरणकाे मुख्य उद्देश्य रहेकाे अध्यक्ष श्रीवास्तवले जनाए । साथै, प्याब्सन अन्तर्गतका +२ विद्यालयहरूको गुणस्तरीय वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्न यो पहल गरिएको हो ।

विद्यार्थीहरूले छात्रवृत्ति आवेदन फारम सम्बन्धित १३ सदस्य कलेजहरूबाट प्राप्त गर्न सक्नेछन् । अलपाइन सकेन्डरी स्कुल, वीरगंज पब्लिक कलेज, वीरगंज कलेज, वीरगंज पब्लिक इंगलिश सकेन्डरी स्कुल, ज्ञानदा एकेडेमी, हिमालयन पिरामिड, मास्काेट एकेडेमी, मिनिलेण्ड सकेण्डरी स्कुल, मेरीगाेल्ड सकेण्डरी स्कुल, ओउम् नेशनल एकेडेमी, सनलाइट सकेण्डरी, सिदार्थ नेशनल सकेण्डरी स्कुलबाट फारम लिएर भर्न सकिन्छ ।

यसका साथै, फारम अनलाइनमार्फत पनि भर्न सकिने व्यवस्था गरिएको छ । फारम प्याब्सन वीरगंजकाे आधिकारिक फेसबुक पेजमार्फत Google Form लिंक प्रयोग गरी भर्न सकिनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...