Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

साउथ जोन स्कुलमा विद्यार्थी शपथ र पुरस्कार समारोह सम्पन्न

“शिक्षा बिना समृद्धि सम्भव छैन” : प्रमुख लामिछाने

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित साउथ जोन सेकेन्डरी स्कूलमा मंगलबार विद्यार्थी पदाधिकारी शपथ तथा वार्षिक पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ । स्कुलका प्रिन्सपल सराेज चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन  वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले गरेका थिए ।

‘A dwelling to craft all aptitude and morality’ भन्ने नारासहित विद्यालयले आयाेजना गरेकाे कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख लामिछानेले शैक्षिक सत्र २०८२ का लागि नव–निर्वाचित विद्यार्थी कल्याणकारिणी परिषद् (Student Welfare Council) का पदाधिकारीहरूलाई शपथ ग्रहण गराएको थिए ।

शिक्षा महाशाखा प्रमुख लामिछानेले वीरगंजलाई शैक्षिक केन्द्र (Education Hub) बनाउने हामी लागि परेकाे वताए । उनले हालको शैक्षिक नतिजाबाट आफु सन्तुष्टि नभएकाे वताउँदै यहाँकाे शिक्षामा गुणात्मक सुधारको खाँचो औंल्याए ।

“हामी वीरगंजलाई शैक्षिक हब बनाउन चाहन्छौं । हालको नतिजाले हामी सन्तुष्ट छैनौं,” लामिछानेले भने, “संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य आवश्यक छ । जुन ढंगले काम हुनु पर्ने हो, त्यसअनुसार काम हुन सकेको छैन।”

उनले शिक्षा बिना समृद्धि असम्भव भएको उल्लेख गर्दै दक्ष जनशक्ति निर्माण, सांस्कृतिक संरक्षण र समन्वयात्मक विकासमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक भएको धारणा राखे । उनले भने “हाम्रो कला र संस्कृति जोगाउँदै अघि बढ्नुपर्छ,” । “वीरगंजले दक्ष जनशक्ति उत्पादन गर्न सक्छ, त्यसका लागि हातेमालो गरौं र सामूहिक रूपमा अगाडि बढौं।”

कार्यक्रममा गार्नेट, सिट्रिन, साफायर, र एमराल्ड हाउसका क्याप्टेन्स तथा हाउस लिडर्सहरूले विद्यालय र विद्यार्थी हितमा जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका थिए ।

उक्त अवसरमा शैक्षिक, खेलकुद, अनुशासन, नियमित उपस्थिति, सांस्कृतिक योगदान तथा नेतृत्व जस्ता विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो । गत सत्रमा विशेष उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई ‘मायाको चिनो’ स्वरूप सम्मान प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल चौधरीले विद्यालय शिक्षाको मात्र नभई व्यक्तित्व विकास र नैतिक मूल्यको प्रशिक्षणस्थल भएको बताए । उनले आज शपथ लिने विद्यार्थीहरू नै भोलिका उत्तरदायी नागरिक हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् मधेश प्रदेशका सचिव शिवजी गुप्ता, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तव, नेपाल इनोभेट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश कुमार उपाध्याय, प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकेटे मगर, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका अध्यक्ष मनाेज पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजकाे राधेमाईस्थित विद्यालय परिसरमा भएकाे कार्यक्रमकाे संचालन विद्यालयका प्रशासन प्रमुख अशोक सङग्रौलाले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक मार्च पास र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...