Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

'घुस प्रकरणमा नखाएको विष लाग्यो, अनुसन्धानका लागि बाटो खुला गरें'

spot_img
spot_img

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय घुस प्रकरणसँग जोडेर आफ्नो नाम निरन्तर चर्चामा आएको भन्दै गुप्ताले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा गुप्ताले लेखेका छन्, “केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएको छु।”

गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न आफूले मन्त्री पदबाट हात झिकेको बताएका छन्। “अब लागेका आरोपको अनुसन्धान गरी सत्य–तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले उल्लेख गरेका छन्।

प्रविधिको दुरुपयोगको शिकार कोही अरू नहोस् भन्ने अपेक्षा व्यक्त गर्दै गुप्ताले आफूसँग अहिलेसम्म सहकार्य गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

राजीनामा पत्रको अन्त्यमा उनले पार्टीप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै भनेका छन्, “अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताका साथ जनताको घर–दैलोमा आउने प्रण गर्दछु।”

गुप्ताको राजीनामाले देशको राजनीतिक वृत्तमा नयाँ बहसको सुरुवात गराएको छ। हालसम्म उक्त घुस प्रकरणमा आधिकारिक अनुसन्धान अघि नबढेपनि गुप्तको कदमले घटनामा गम्भीरता थपिएको देखिन्छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका...

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...