Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

दुधेश्वर महादेव मन्दिरमा सावणी मेला सुरु, हजारौँ भक्तजनको आगमन

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
सेढवा । पर्सा राष्ट्रिय निकुञ्जको घना वनक्षेत्र भित्र अवस्थित दुधेश्वर महादेव मन्दिर रामभौरी भाथामा साेमबारदेखि सावण महिनाको पहिलो सोमबारको अवसरमा भव्य सावणी मेला सुरु भएको छ।

तिथि अनुसार सावणको पहिलो सोमबार बिहानैदेखि भगवान शिवको दर्शन र पूजा गर्न हजारौँ भक्तजनहरूको भीड लागेको छ। भारतको बिहार र उत्तर प्रदेशसहित पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन जिल्लाबाट भक्तजनहरू दर्शनार्थ पुगेका छन्।

भक्तजनहरूले मन्दिरमा जल, फूल, बेलपत्र, प्रसाद तथा अन्य पूजा सामग्री चढाएर शिव आराधना गरेका छन्। मनोकामना पूरा भइसकेपछि अष्ठजामको आयोजना गर्दै विशेष पूजा गर्ने परम्परा यस मन्दिरमा प्रचलित छ।

१७ किलोमिटर जंगलभित्र रहेको मन्दिरमा अहिले गढुवालाईन–चारभौया पोष्ट–रामभौरी भाथा मार्ग मात्रै सञ्चालनमा रहेको सुनाखरी वन समिति सुवर्णपुरका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए। मन्दिरसम्म पुग्ने अर्को मार्गमा जंगली जनावरको सक्रियता बढेकाले त्यसलाई बन्द गरिएको हो।

श्री दुधेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुका अनुसार यस वर्ष विगतको तुलनामा मेला अझ भव्य रूपमा सञ्चालन हुनेछ। सावन महिना भरि व्यापारीहरूले मेला क्षेत्रमै बस्न तथा आवश्यक सामग्री ल्याउन पाउने व्यवस्था मिलाइएको छ।

निकुञ्जको नियम अनुसार भक्तजनहरूले बिहान ६:०० बजेदेखि साँझ ६:३० बजेसम्म मात्र मन्दिर परिसर प्रवेश गर्न पाउने व्यवस्था गरिएको समितिले जनाएको छ।

मन्दिर प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, संरक्षण समिति र स्थानीय निकायहरूको सहकार्यमा मेला शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा तथा सेवा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...