Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

जिराभवानीमा आगलागी: तीन घर जलेर पूर्ण रूपमा नष्ट

spot_img
spot_img

ओमप्रकाश चाैधरी/
जिराभवानी । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ बलुवाटोलमा आइतबार राति भीषण आगलागी हुँदा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीय शेषनाथ मुखिया बिनको घरमा लामखुट्टे धपाउन बालिएको धूपबाट राति करिब ११ बजे आगो सल्किएर आगलागी सुरु भएको थियो । उक्त आगोले शेषनाथसहित जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनका फुसका घरहरूमा समेत पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएकाे छ।

महादेवपट्टी प्रहरी चौकीका असई अवधलाल साहका अनुसार आगलागीमा परेर घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, र शेषनाथको किराना पसल समेत जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाहरूको सक्रियता, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब राति १:३० बजे आगो नियन्त्रणमा ल्याइएको थियाे । आगलागीबाट मानवीय क्षति नभएको जनाइएको छ तर पीडित परिवारहरूलाई गम्भीर आर्थिक क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...