Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज महानगरकाे दाेस्राे सार्वजनिक सुनुवाई सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे दाेस्राे सार्वजनिक सुनुवाई कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनरस्थित हाेटल पुजनमा भएकाे कार्यक्रममा बाेल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अहिले महानगरकाे सब भन्दा ठुलाे पानीकाे समस्या रहेकाे वताए ।

उनले विभिन्न निकाय माध्यमबाट तत्कालकाे समस्या समाधानकाे लागि डिप बाेरिङ गाडने काम भइरहेता पनि त्याे दिर्घकालिन समस्या समाधानकाे नरहेकाे वताए । उनले त्याे डिप बाेरिङहरु पनि एकद्वार प्रणालीबाट जडान नभएकाे कारण हालकाे लागि पनि पानीकाे समस्या समाधान हुन नसकेकाे वताए ।

पानीकाे दिर्घकालिन समस्या समाधानकाे लागि चुरे संरक्षण जरुरी रहेकाे वताउँदै मेयर सिंहले त्यस तर्फ सम्बन्धि सबैकाे ध्यान जान जरुरी रहेकाे वताए ।

टिभि वीरगंजकाे आयाेजनामा भएकाे कार्यक्रमका सहभागिहरुले पनि वीरगंजमा भयावह बन्दै गएकाे पानीकाे समस्या समाधानका लागि नै मेयर सिंहलाई आग्रह गरेका थिए ।

रेडियाे वीरगंज, टिभि वीरगंज एवं मधेशदृष्टिका अध्यक्ष ध्रुव साहले सहजिकरण गरेकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत अरबिन्द लाल कर्ण, पर्सा बार एशाेसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव, वृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनाेज पटेल, प्रेस चाैतारीका केन्द्रिय सदस्य विजय भण्डारी, नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, निरज सिंह, दिलिप चाैरसिया, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...