Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पानी अभावको चपेटामा वीरगंज : खानेपानी र कानुनमन्त्रीद्वयद्वारा अनुगमन

spot_img
spot_img

वीरगंज । जलवायु परिवर्तनका कारण तराई–मधेस क्षेत्रमा गहिरिँदो पानी संकटलाई दृष्टिगत गर्दै खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सोमबार पर्सा जिल्लाका विभिन्न स्थानमा विशेष अनुगमन तथा निरीक्षण गरेका छन्।

खानेपानी आपूर्तिमा आइरहेका समस्याहरूको यथार्थ स्थिति अवलोकन गर्न मन्त्रीद्वयले पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका गाउँ, टोल तथा वडाहरूको भ्रमण गरेका हुन्। जलवायु परिवर्तनको प्रतिकूल प्रभावले वीरगञ्ज लगायतको क्षेत्रमा खानेपानी अभाव गम्भीर बन्दै गएको पृष्ठभूमिमा तत्कालीन तथा दीर्घकालीन समाधानका लागि अनुगमन गरिएको हो।

खानेपानीमन्त्री यादवले जनाउँदै भने, “वीरगञ्जमा खानेपानीको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै, तत्कालीन समस्या समाधानका लागि विभिन्न स्थानमा डिपबोरिङ जडान गरी पानी वितरण कार्य अघि बढाइएको छ।”

साथै कानुनमन्त्री चौरसियाले पनि जनताको आधारभूत आवश्यकता खानेपानी पहुँचको सुनिश्चितताप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या चाँडै समाधान गरिने प्रतिबद्धता जनाए। “पानीको चरम अभावमा रहेका नागरिकका पीडा बुझ्न र तत्काल कदम चाल्न हामी यहाँ आएका हौँ,” मन्त्री चौरसियाले भने।

मन्त्री यादवका अनुसार नेपाल खानेपानी संस्थानले सरोकारवाला निकायसँग सहकार्य गर्दै समस्या समाधानका लागि आवश्यक कार्यहरू अघि बढाइरहेको छ। उनले स्थानीय जनसमुदायको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।

पानी संकट समाधानका लागि मन्त्रालय सक्रिय रूपमा खटिएको भन्दै दुवै मन्त्रीले अनुगमनक्रममा स्थलगत अध्ययनबाट योजनाबद्ध सुधारको खाका तयार पारिने जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...