Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनी बर्खास्तको निर्णय हुनेछ । ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’

spot_img
spot_img

काठमाडौं । घुसको डिल गरेको दाबीसहित अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं फर्किएर यसबारे निर्णय लिनेछन् । ‘प्रधानमन्त्री पूर्वतिर हुँदा यता यस्तो भयो, उहाँ फर्किएपछि यसबारे निर्णय लिने तयारी छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार मन्त्री गुप्तालाई राजीनामा गराउने अथवा उनलाई बर्खास्तको निर्णय हुनेछ । ‘राजीनामा गर्न नै भनिन्छ । त्यो नै उत्तम विकल्प हो’ स्रोत भन्छ, ‘नभए बर्खास्तकै निर्णय गर्नुपर्ने हुन्छ ।’

सार्वजनिक भएको अडियोमा अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप मन्त्री गुप्ताले लगाएका छन् । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीलाई भने यही आरोपकै आधारमा तत्काल कुनै निर्णय नलिने सम्भावना छ ।

‘पहिलो कुरा त मन्त्री गुप्ताकै कुरा पनि पुष्टि हुन बाँकी छ । अब उनले भन्यो भन्दैमा तत्काल अर्को मन्त्रीलाई एक्सन लिने हुँदैन,’ स्रोत भन्छ ।

सार्वजनिक भएको अडियो अनुसार भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्तिमा बिचौलिया र मन्त्री गुप्ता बीच सम्वाद भएको छ । जहाँ भूमि आयोग अध्यक्ष नियुक्तिमा घुस डिल भएको सुनिन्छ ।

यद्यपि अडियोमा नाम लिइएको व्यक्ति आयोगको जिल्ला अध्यक्ष नियुक्त भएनन् । विचौलियाले प्रस्ताव गरेको नाम एमाले जिल्ला र प्रदेश कमिटीका नेताहरुका कारण सफल हुन नसकेको बुझिन्छ ।

अडियोलाई आधार मान्दा भूमि आयोगको जिल्ला अध्यक्ष जस्तो राजनीतिक नियुक्तिमा मात्र नभएर मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा पनि डिल भएको छ । पालपोत कार्यालय प्रमुख सरुवामा ५३ लाख घुसको डिल भएको छ । सभार : अनलाइन खबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका...

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...