Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

प्याब्सन वीरगंजको माग: विद्यालयमा खानेपानीको संकट समाधान गरियोस्

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंज महानगर समितिले विभिन्न मागसहित वीरगंज महानगरपालिकालाई औपचारिक ज्ञापनपत्र बुझाएको छ।

नगर प्रमुख राजेशमान सिंह, प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाइएको हो। प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, अहिले प्याब्सनसँग आबद्ध अधिकांश निजी विद्यालयहरूमा पिउने पानीको अभाव भएको भन्दै तत्काल समाधानका लागि विकल्प खोज्न महानगरसँग माग गरिएको हो।

श्रीवास्तवले भने, “महानगरभित्र सबैभन्दा बढी विद्यार्थी संख्याका विद्यालयहरू प्याब्सनमा आबद्ध छन्। त्यसैले विद्यार्थीको स्वास्थ्य र शिक्षाको गुणस्तर कायम राख्न खानेपानीको व्यवस्था महानगरको जिम्मेवारी हो।”

साथै, २०८१/८२ को आर्थिक वर्षअन्तर्गत व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर तथा फोहोर व्यवस्थापन कर चालु महिना भित्र तिर्ने तयारी प्याब्सनले गरिरहेको जानकारी गराउँदै, कुनै कारबाही नगर्न महानगरलाई आग्रह गरिएको सचिव अमित आलोकले जानकारी दिए।

ज्ञापनपत्रमा शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको योगदानलाई सम्मान गर्दै आगामी दिनमा महानगरसँग अझ प्रभावकारी समन्वय र सहयोगको वातावरण निर्माण गर्नुपर्ने उल्लेख छ।

प्याब्सनको यो कदम निजी शिक्षण संस्थाहरूको आधारभूत आवश्यकताहरूप्रति स्थानीय सरकारको ध्यानाकर्षण गराउन र समस्या समाधानमा अग्रसर गराउन गरिएको पहलका रूपमा हेरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...