Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

वीरगंजमा कृत्रिम पानीकाे अभाव, नागरिक सहयोग बिना समाधान असम्भव : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएको चरम खानेपानी अभावको समस्यालाई लिएर नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले स्थानीय सचेत र सक्रिय नगरवासीको सहयोग र समन्वयबिना समाधान असम्भव रहेको बताएका छन् ।

मन्त्री यादवका अनुसार संघीय सरकारले वीरगंज महानगरपालिकासँग सहकार्य गरी डिप बोरिङको जडान, पाइपलाइन चुहावट नियन्त्रण, तथा धारा जडान प्रक्रियालाई सहज बनाउन आवश्यक जनशक्ति र स्रोत परिचालन गरिसकेको छ। नेपाल खानेपानी संस्थान वीरगंज शाखा हाल दैनिक ८० लाख लिटर पानी उत्पादन र वितरण गरिरहेको भए पनि केही क्षेत्रहरूमा अझै समस्या देखिएको छ।

यसैबिच, संस्थानले गरेको अनुगमनमा स्पर्ष हस्पिटल र शुभलाभ पेट्रोल पम्पको पछाडिको गली क्षेत्रमा भल्भ राति बन्द गरी पाइपमा अवैध रूपमा मोटर जडान गरिएको तथा पाइप फुटाइएका घटनाहरू पत्ता लागेको जनाएको छ । यस्ता कार्यले कृत्रिम अभाव सिर्जना गरिनुका साथै संस्थानको प्रयासलाई बदनाम गराउने षड्यन्त्र भएको आशंका गरिएको छ ।

संस्थानले सबै नगरवासीलाई अपिल गर्दै यस्ता अवैध क्रियाकलापबारे जानकारी पाएमा तुरुन्तै संस्थानलाई सूचित गर्न आग्रह गरेको छ। मन्त्री यादवले पनि यस अभियानलाई सफल बनाउन नागरिक सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सबैको साझा उद्देश्य स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी सुनिश्चित गर्नु हो भन्ने धारणा व्यक्त गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...