Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

खानेपानी समस्या समाधानका लागि दुई मन्त्री पर्सा आउँदै, दीर्घकालीन योजनाकाे तयारी

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको सदरमुकाम वीरगंजसहित आसपासका क्षेत्रहरूमा हरेक वर्ष गम्भीर रूपमा देखिँदै आएको खानेपानी संकट समाधानका लागि नेपाल सरकारका दुई मन्त्री यही असार ३० गते पर्सा आउने भएका छन्।

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादव पर्सा जिल्लामा स्थलगत निरीक्षण तथा सरोकारवालासँग छलफल गर्न आउन लागेका हुन् । मन्त्रीद्वयको सचिवालयका अनुसार समस्या दीर्घकालीन भएकोले अब ट्याङ्कर पानी मात्रले समाधान नहुने र यसका लागि दिगो समाधानतर्फ गम्भीर प्रयास आवश्यक रहेको जनाइएको छ ।

प्रत्येक वर्ष जेठदेखि साउनसम्म चापाकलहरू सुक्ने, भू-जलको सतह घट्ने र वर्षाको आशामा जनताले धैर्य गर्नुपर्ने अवस्थाले स्थानीय जनताको जनस्वास्थ्य र दैनिकीमा असर पुर्‍याइरहेको छ।

सचिवालयका अनुसार यसपटक स्थानीय अगुवा, जनप्रतिनिधि, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायहरूको सहभागितामा दीर्घकालीन योजना बनाइने र सोही आधारमा छिटोभन्दा छिटो कार्यान्वयन सुरु गरिनेछ।

खानेपानी मन्त्रालयको प्राविधिक टोली पनि मन्त्रीहरूसँगै आउने तयारीमा रहेको छ। समस्या पहिचान गर्दै दीर्घकालीन पूर्वाधार निर्माण, भू-जल संरक्षण, वैकल्पिक स्रोतहरूको उपयोग लगायत उपायहरूमा छलफल गरिने बताइएको छ।

स्थानीयबासीले पनि यसपालिको भ्रमणबाट ठोस कार्ययोजना र प्रभावकारी समाधानको अपेक्षा राखेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...