Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

महिनाको उत्कृष्ट प्रहरी सम्मानबाट सई सुभाष यादव सम्मानित

spot_img
spot_img

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०८२ सालको असार महिनाको महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) को रूपमा प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवलाई चयन गरेको छ।

इलाका प्रहरी कार्यालय कर्मैयाकाे इन्चार्ज सई यादव असार महिनामा लागू औषध, अबैध तस्करी र आपराधिक गतिविधि नियन्त्रणमा पु-याएको विशेष भूमिकाका लागि सम्मानित गरिएको हो ।

गत असार २२ गते उनले चेकजाँचको क्रममा भारतबाट परालकाे भुस लाेड रहेकाे ट्रकमा ल्याइएको १२ लाख ३० हजार बराबरको ८२० केजी काजुसहित ट्रक नियन्त्रणमा लिएर अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका थिए । साथै, उनले बालबालिकालाई भारत तस्करी हुनबाट जोगाउनेदेखि लिएर विभिन्न गम्भीर प्रकृतिका अपराध नियन्त्रणमा समेत महत्वपूर्ण योगदान दिएका थिए ।

उनको यस प्रशंसनीय कार्यलाई कदर गर्दै जिल्ला प्रहरी कार्यालय, सर्लाहीले उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले प्रमाणपत्र प्रदान गर्दै यादवको योगदानप्रति उच्च प्रशंसा व्यक्त गरेका हुन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...