Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

“खेली मधेश, जिती मधेश” नारासहित वीरगंजमा अन्तर प्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै

spot_img
spot_img

वीरगंज । “खेली मधेश, जिती मधेश” नारासहित अन्तर प्रदेश राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता वीरगंजमा सुरु हुँदैछ । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा र केन्द्रिय नेपाल भारोत्तोलन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता यहीँ असार १५ देखि १७ गतेसम्म श्री सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुने छ।

प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी सातवटै प्रदेशबाट ११२ जना महिला तथा पुरुष खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (IWF) तथा एसियाली भारोत्तोलन महासंघ (AWF) का नियमअनुसार सञ्चालन गरिनेछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकद्वारा मूल्याङ्कन गरिनेछ।

महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७७, ८६ र ८६+ केजी गरी ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ६०, ६५, ७१, ७९, ८८, ९८, ११० र ११०+ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहमा ८ स्वर्ण, ८ रजत र ८ कांस्य पदकको लागि खेलाडीबीच कडा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानु उपस्थित रहनेछन्।

जिल्ला खेल विकास समिति, पर्साका कार्यालय प्रमुख नाजिर हुसेन अंसारी र नेपाल भारोत्तोलन संघका संयोजक कानन चौधरीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताले क्षेत्रीय खेल प्रतिभा पहिचान र खेलकुदको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

मधेश प्रदेश सरकारद्वारा सम्पूर्ण खर्च विनियोजित यस प्रतियोगिता सफल पार्न सञ्चारकर्मी, संघसंस्था तथा खेलप्रेमीहरूलाई सहयोगको अपिलसमेत गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...