Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा सार्वजनिक सुनुवाई सम्पन्न, “वाचा अनुसार काम गरिरहेको छु” : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफू जनतासँग चुनावको समयमा गरेका वाचा अनुसार काम गरिरहेको स्पष्ट पारेका छन् । वीरगंज महानगरपालिकाको सहकार्यमा टिभी वीरगंजले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर सिंहले संघ सरकारले महानगरसँग विभेद गर्दै आएको र बजेट अभावका कारण सोचेजस्तो काम गर्न कठिनाई भइरहेको बताए ।

सार्वजनिक सुनुवाईमा सहभागी नागरिकहरूले खानेपानी, मल, सरसफाई, सडक, ट्राफिक व्यवस्थापन, सिर्सिया नदी प्रदूषण लगायत विविध जनसरोकारका विषयमा गुनासो र सुझाव प्रस्तुत गरेका थिए । जवाफमा मेयर सिंहले वीरगंजमा हाल सबैभन्दा ठूलो समस्या खानेपानी रहेको उल्लेख गर्दै यसको समाधानका लागि चुरे संरक्षण अनिवार्य रहेको बताए।

मेनरोड फराकिलो बनाउने विषयमा जनताले उठाएको प्रश्नको उत्तर दिँदै उनले वीरगंज भन्सार क्षेत्रका घरधनीहरूले स्वेच्छाले घर हटाउन थालेको जानकारी दिए। उनले भने, “अब केही दिनमै बाँकी घरहरू हटाउन महानगरले आफ्नै पहलमा डोजर चलाउनेछ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले शिक्षा क्षेत्रमा सुधार भएको दाबी गरे । तर, बजेट अभावका कारण धेरै योजना अघि बढाउन नसकिएको स्पष्ट गर्दै उनले भने, “अन्य महानगरको तुलनामा वीरगंजको बजेट निकै कम छ, त्यहीं भएर पनि शिक्षा क्षेत्रमा आवश्यकता अनुसारकाे बजेट छुट्याउन सकिएकाे छैन ।”

बी.पी.सी. कलेजको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो वीरगंज, टिभी वीरगंज र मधेशदृष्टिका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए।

आयोजकका अनुसार सार्वजनिक सुनुवाईले नगरवासी र महानगरपालिका बीच पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...