Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा नेपालकै पहिलो भिट्रिफाइड टायल्स ब्रान्ड ‘लेमिनार’ को शोरूम सञ्चालनमा

spot_img
spot_img

वीरगंज । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड ‘लेमिनार भिट्रिफाइड टायल्स’ ले वीरगंजमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। वीरगंजको लिंकरोडस्थित ‘इशा बिल्ड मार्ट’ लाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै कम्पनीले औपचारिक रूपमा शोरूमको उद्घाटन गरेको हो ।

शनिबार आयोजित उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको यो शोरूम उद्घाटन गरे ।

समारोहमा बोल्दै निर्देशक आशुतोष खेतानले इशा बिल्ड मार्टमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध हुने जानकारी दिए। अर्का निर्देशक अभिनव चुरिवालले लेमिनार टायल्सको बलियो बनावट, उच्च लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थका विशेषता उल्लेख गर्दै, कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम विस्तार गर्ने लक्ष्य रहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा फैलिएको अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन हुँदै आएको छ। कम्पनीले हाल पाँच फरक आकारमा ५०० भन्दा बढी डिजाइनका टायल्स बजारमा ल्याएको छ।

यी टायल्स पूर्ण रूपमा भिट्रिफाइड भएर ९९.९२ प्रतिशत वाटरप्रुफ छन् भने उच्च गुणस्तरको कच्चा पदार्थ र प्रविधिको प्रयोगका कारण सामान्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...