Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा नेपालकै पहिलो भिट्रिफाइड टायल्स ब्रान्ड ‘लेमिनार’ को शोरूम सञ्चालनमा

spot_img
spot_img

वीरगंज । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड ‘लेमिनार भिट्रिफाइड टायल्स’ ले वीरगंजमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। वीरगंजको लिंकरोडस्थित ‘इशा बिल्ड मार्ट’ लाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै कम्पनीले औपचारिक रूपमा शोरूमको उद्घाटन गरेको हो ।

शनिबार आयोजित उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोष खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको यो शोरूम उद्घाटन गरे ।

समारोहमा बोल्दै निर्देशक आशुतोष खेतानले इशा बिल्ड मार्टमा घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध हुने जानकारी दिए। अर्का निर्देशक अभिनव चुरिवालले लेमिनार टायल्सको बलियो बनावट, उच्च लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थका विशेषता उल्लेख गर्दै, कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम विस्तार गर्ने लक्ष्य रहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा फैलिएको अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स उत्पादन हुँदै आएको छ। कम्पनीले हाल पाँच फरक आकारमा ५०० भन्दा बढी डिजाइनका टायल्स बजारमा ल्याएको छ।

यी टायल्स पूर्ण रूपमा भिट्रिफाइड भएर ९९.९२ प्रतिशत वाटरप्रुफ छन् भने उच्च गुणस्तरको कच्चा पदार्थ र प्रविधिको प्रयोगका कारण सामान्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ रहेको कम्पनीको दाबी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...