Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण सम्पन्न

spot_img
spot_img

वीरगंज  । नेशनल मेडिकल कलेज वीरगञ्जमा स्नातकोत्तर (पिजी) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा पिजी तहमा भर्ना भएका ५३ जना नयाँ विद्यार्थीहरूलाई कलेज प्रशासनले स्वागत गर्दै शैक्षिक निर्देशन प्रदान गर्‍यो।

कार्यक्रमको उद्घाटन कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न प्रेरित गर्दै पछिल्लो समय नेपालमै चिकित्सा शिक्षाको गुणस्तर र प्रतिस्पर्धात्मकता उल्लेख्य रूपमा बढेको बताउनुभयो।

“हाम्रो पालामा स्नातकोत्तर अध्ययन गर्न भारत जानुपर्थ्यो, महिला विद्यार्थीहरू सर्जरी वा एनेस्थेसियातर्फ नजाने अवस्था थियो,” भन्दै डा. अन्सारीले अहिले महिला विद्यार्थीहरूको सहभागिता उल्लेख्य रूपमा वृद्धि भएकोमा गर्व व्यक्त गर्नुभयो। साथै, पिजी तहको तीन वर्षे शिक्षामा देखाइएको प्रतिबद्धता नै डाक्टरको भविष्य निर्धारण गर्ने उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिले मानवीयता र जिम्मेवारीलाई सधैं प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। “बिरामी नै तपाईंहरूको पाठ्यपुस्तक हो,” भन्दै उनले हरेक केस फरक हुने भएकाले गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो।

प्रबन्ध निर्देशकले पछिल्लो समय स्वास्थ्य सेवासम्बन्धी मुद्दाहरू अदालतसम्म पुगिरहेको उदाहरण दिँदै उपचारमा कुनै पनि लापरवाही नगर्न सुझाउनु भयो।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. के एन सिंह, मार्केटिंग तथा एडमिशन निर्देशक आबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रवि शंकर गुप्ता, डा. सरोज प्रसाद देव, प्रो.डा. बबिता सिंह, प्रो.गंगा गुरुङ, प्रमुख पिजी संयोजक प्रो.डा. रवि कुमार शाह लगायत पिजी फ्याकल्टीका अन्य सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन कलेजमा अध्ययनरत विद्यार्थी आयुस्मा महतो र एश्वर्या वेनेसाले संयुक्त रूपमा गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...