Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहु वीरगंजमा

spot_img
spot_img

वीरगंज । भारतको मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठमा पुगेर माताका मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्।

शुक्रबार वीरगञ्जमा आयोजित गहवामाई रथ यात्रामा सहभागी हुन आएका मन्त्री साहुले पत्रकारहरूसँगको कुराकानीमा अहिले सम्म ७ वटा देशका प्रमुख शक्तिपीठमा माताको दर्शन गरी जल चढाइसकेको जानकारी दिए। उनले आगामी दिनमा बाँकी देशहरूमा समेत माताका मन्दिरमा खाली खुट्टा पुगेर दर्शन गर्ने अठोट व्यक्त गरे।

तीन वर्षदेखि चप्पल वा जुत्ता नलगाउने साहुले संसद भवनदेखि मन्त्रीपरिषद्को बैठकसम्म पनि खाली खुट्टा जाने गरेको अनुभव सुनाए। “म आस्थामा विश्वास राख्छु, माताको दर्शनमा सच्चा भक्ति चाहिन्छ, त्यसैले म जहाँ गए पनि खाली खुट्टा जान्छु,” उनले भने।

नेपाल–भारतको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि आफूले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मन्त्री साहुले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

राजनीतिक सवालमा पत्रकारहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री साहुले भारतमा लोकतान्त्रिक प्रणाली सुदृढ रहेको र नेपालमा पनि लोकतन्त्रको संरक्षण हुनुपर्ने धारणा राखे।
“नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो विश्वास छ, भारतीय जनता पार्टी पनि लोकतन्त्रकै पक्षधर हो,” उनले स्पष्ट पारे।

उनको धार्मिक आस्था र सामाजिक संकल्पले नेपालमा धार्मिक पर्यटनको अवसर विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...