Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न

एक लाखभन्दा बढी भक्तजनले जनाए सहभागिता

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको श्री गहवामाई रथ यात्रा शुक्रबार एक लाखभन्दा बढी भक्तजनहरूको सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ।

वीरगंजस्थित श्री गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा आयोजित रथ यात्रा अब परम्पराको सीमाभन्दा बाहिर निस्केर वीरगंजकाे साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको आयोजकले जनाएको छ ।

रथ यात्रा बिहान ८ बजे विशेष पूजापाठपछि मन्दिर परिसरबाट सुरु भई घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैया, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न भएको थियो । रथमा गहवामाईको २६ किलो चाँदीबाट निर्मित डोली स्थापना गरिएको थियो भने काठबाट पूर्णरूपमा निर्मित रथमा झाँकी, पञ्चेबाजा र भगवा झण्डासहित नगर परिक्रमा गरिएको थियो।

रथ यात्रामा वीरगंजसहित पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंका साथै भारतका रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट आएका श्रद्धालुले पनि सहभागिता जनाएका थिए।

स्थानीय बासिन्दाले रथयात्रालाई विभिन्न स्थानमा पुष्पवर्षा र स्वागतसहित भव्यरूपमा स्वागत गरेका थिए । सहभागीहरूले भगवा र रातो लुगा पहिरिएर गहवामाईको जयजयकार गरे भने नगरभरि पानी, जुस र प्रसाद वितरण गरिएको थियो ।

रथ यात्रामा भारतको मध्यप्रदेशका मन्त्री रविकरण साहु, प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ, वीरगंजका मेयर राजेशमान सिंह, पूर्व मेयर विजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

मेयर सिंहले गहवामाई रथ यात्रा वीरगंजकाे एक महत्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको बताउँदै आगामी वर्षदेखि नगरपालिकाले विशेष बजेट विनियोजन गर्ने घोषणा गरे।

रथ यात्राको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयौं सुरक्षाकर्मी परिचालन गरेका थिए । समितिले धार्मिक गतिविधिसँगै रक्तदान, स्वास्थ्य शिविर र भण्डारा कार्यक्रम पनि सञ्चालन गरेको थियो।

आयोजक समितिका अनुसार, तेस्रोपटक आयोजना भएको यस रथ यात्राको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको छ र सम्पूर्ण आर्थिक विवरण चाँडै सार्वजनिक गरिनेछ। सचिव पप्पु गुप्ताले यस रथ यात्रा मधेस प्रदेशकै एकमात्र धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा भएको दाबी गरे।

गहवामाई रथ यात्रा सनातनी परम्परा संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन र सामाजिक एकता अभिवृद्धिको ऐतिहासिक प्रतीक बनेको आयोजक समितिको विश्वास छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...