Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

गहवामाईको रथयात्रामा सहभागी महिलाहरूको गरगहना चोरी, भारतकी एक महिला पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिका–६ स्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको रथयात्रामा सहभागी महिलाहरूको गरगहना चोरी भएको छ।

शुक्रबार बिहान मन्दिरबाट नगर परिक्रमा गर्न निस्किएको रथयात्राका क्रममा दुई दर्जनभन्दा बढी महिलाहरूको सुनका गहना चोरी भएको बताइएको छ। पीडित महिलाहरूले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्टका अनुसार हालसम्म ६ जना महिलाले गहना हराएको भन्दै निवेदन दिएका छन्। चोरीको घटनामा संलग्न भएको आरोपमा भारत बिहार राज्यकी ४० वर्षीया जयमती हरिजनलाई पक्राउ गरिएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आयोजित १६औँ वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु सहभागी भएका थिए।

तीन तहको सुरक्षा व्यवस्था मिलाइए पनि रथयात्राका क्रममा चोरी भएको घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ।
रथयात्रा गहवामाई मन्दिरबाट सुरु भई घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमै समापन गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...