Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन”

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ ।

- Advertisement -

गत आर्थिक बर्ष २०८०/०८१ मा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको १५ लाख बजेटमा निर्माण गर्न भनिएको चिल्ड्रेन पार्क निर्माण नहुदै आर्थिक अनियमितता भएको पाएको हो ।
मन्दिर परिसरमा चिल्ड्रेन पार्कको नाममा दुई वटा बस्ने कुर्सी , कम्पाउण्ड मात्र निर्माण भएर चिल्ड्रेन पार्कको निर्माण भएको भन्दै उदघाटन बोर्ड लगाईएको स्थानीयबासी प्रदीप पंडितले बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा मधेश प्रदेश सरकारको १५ लाखको बजेटमा चिल्ड्रेन पार्क निर्माणको नाममा मन्दिरमा परिसरमा बस्ने बेन्च र मन्दिरको केही कम्पाउण्ड मात्र गरीएको अवस्था छ ।
स्थानीयबासीका अनुसार मन्दिर जस्तो पवित्र स्थलमा सरकारका जिम्मेवार व्यतिmहरुले नै चिल्ड्रेन पार्क नबन्दै निर्माण सम्पन्न भएको भन्दै उद्घाटन बोर्ड झुण्डाईएको पंडितको बताए ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ को ‘क ’का निर्वाचित प्रदेश सभा सदस्य एवं पुर्व वन तथा वातावरण मन्त्री रमेश कुर्मीले पार्क उद्घाटन गरेको बोर्ड मन्दिरको गेटमा लगाईएको छ ।

उनले गत बर्ष २०८१ साउन १९ गते निर्माण सम्पन्न भएको भन्दै पार्कको उद्घाटन गरेको स्थानीयबासीले बताएका छन ।
उतm बोर्डमा वडाअध्यक्ष शम्भु मिश्राको कार्यकालमा निर्माण भएको भन्दै बोर्ड लगाईएको उद्घाटन बोर्डमा देखिन्छ ।

पार्क निर्माण भएको मैले देख्न पाएन : पुजारी

श्रीराम जानकी मन्दिरका पुजारी हिमान्चल दास बैरागीले पनि यहाँ मन्दिरमा कुनैपनि प्रकारको चिल्ड्रेन पार्क निर्माण नभएको गुनासो गरेका छन ।

उनले सरकारको बजेटमा मन्दिरमा चिल्ड्रेन पार्क निर्माण भएर उद्घाटन भएको आफुले यही बसेर पतो पनि नपाएको बताए । मधेश प्रदेश सरकार पुर्व वन तथा वातावरण मन्त्री रमेश कुर्मीले उतm चिल्ड्रेन पार्कको उद्घाटन गरेको बोर्ड लगाएपछि देखेको उनको भनाई छ ।

मन्दिर परिसरमा चिल्ड्रेन पार्क निर्माण भईरहेको आफुले कहिले पनि नदेखेको , तर कम्पाउण्डको पर्खाल लगाउँदा देखेर रोक्न खोजेको बताए । पर्खाल निर्माण पनि कति बजेटमा भएको भने बारेमा स्पष्ट रुपमा आफुले बताउन नसक्ने मन्दिरका मुल पुजारी बैरागी बताउँछन ।

वडाअध्यक्षको सस्तो लोकप्रियताले विवाद ल्यायो
मन्दिरमा चिल्ड्रेन पार्क निर्माण नभई मन्दिरको कम्पाउण्ड पर्खाल लगाईएको तर वडाअध्यक्षले आफ्‌नो लोकप्रियताका लागी आफ्‌नो नाम राखेर शिलालेख नै लगाएको पुर्वमन्त्री निकट एकजनाले नेताले आरोप लगाए ।

पुर्वमन्त्री निकट स्रोतका अनुसार मन्दिर भित्रको ऐलानी जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्न योजना हुदाँहुदै वडाअध्यक्ष शम्भु मिश्राले अन्तिममा सहजीकरण गर्न नसकेपछि हतार हतारमा कम्पाउण्ड निर्माण गरीएकोे उनले बताए ।
तर आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा चिल्ड्रेन पार्क निर्माण गर्न योजना पठाईएकाले पार्क नै निर्माण हुने उनले बताए ।

वडाअध्यक्ष मिश्राले मन्दिर भित्र नै रहेको ऐलानी १० कठ्ठा जग्गा छुटयाईकाले अब जुनसुकै हालतमा चिल्ड्रेन पार्क नै बनाएर छाड्ने दाबि गरे । गत आर्थिक बर्षको अन्त्यमा असार मसान्तमा बजेट प्रिज हुन नदिनका लागी ऐलानी जग्गा निकाल्न अलिकति समयमा लाग्ने भएकाले मन्दिरको कम्पाउण्ड निर्माण भएको उनले बताए ।

मधेश प्रदेश सरकारमा पुर्वमन्त्री रमेश कुर्मीले पार्क निर्माण गर्नकै लागी योजना छनौट गरेर पठाएको वडाअध्यक्ष मिश्राले बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...