Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

विश्व रक्तदाता दिवसमा वीरगंजमा अन्तरक्रिया तथा दीप प्रज्वलन

spot_img
spot_img

वीरगंज । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा शनिबार वीरगंजस्थित रक्तसञ्चार केन्द्रमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले रगत आपूर्तिमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै नागरिकसम्म सहज र सरल तरिकाले रगत पुर्‍याउने प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटीका सल्लाहकार डा. प्रमोद सर्राफले युवाहरूको शक्ति विश्वकै ठूलो शक्ति भएको उल्लेख गर्दै सामाजिक सेवामा उनीहरूको योगदान प्रशंसनीय रहेको बताए। उनले रेडक्रसले सीमित जनशक्ति भए पनि उल्लेखनीय काम गरिरहेको जनाए।

विशिष्ट अतिथि डा. उदयनारायण सिंहले महिलाहरूको रक्तदान कार्यक्रममा सहभागिता न्यून रहेको उल्लेख गर्दै उनीहरूलाई प्रेरित गर्नुपर्ने बताए । साथै, हतारमा बिरामीका कुरुवालाई रगत लिन पठाउने प्रवृत्तिमा सुधार आवश्यक रहेको र रक्तसञ्चार केन्द्रलाई थप सुविधासम्पन्न बनाउनु पर्ने धारणा व्यक्त गरे।

रेडक्रस उपाध्यक्ष मधु राणाले आफू समाजसेवामा समर्पित रहेको र अब नयाँ पुस्ताको जोश र जाँगरसँग काम गर्नुपर्ने बताए।

समाजसेवी तथा युवा नेता सञ्जु साहले यस्ता कार्यक्रम गाउँगाउँमा लैजानुपर्ने बेला आएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए।

समाजसेवी कमल चौगाईले रेडक्रस पर्सा शाखाको आफ्नै भवन निर्माणको आवश्यकता औंल्याउँदै त्यसका लागि सबै ठाउँमा समन्वय गर्न आफू तयार रहेको बताए। साथै, सक्रिय युवाहरू र रक्तदाताहरूलाई सम्मान गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा एनजीओ सिसिका अध्यक्ष इब्राहीम देवान, किसू सराफ, सञ्चारकर्मी आनन्द पटेललगायतले पनि महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष वृजकिशोर पटेलको अध्यक्षतामा भएकाे कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डे, केन्द्रका कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियोकार्यक्रम सञ्चालन वीरशमशेर कुर्मीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले...

एमाले मधेश प्रदेश कमिटीमा पर्साका ८ जना मनोनित

वीरगंज । नेकपा एमाले मधेश प्रदेश सचिवालय बैठकले पर्साका आठ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ । आइतबार बर्दिबासमा बसेको बैठकले पार्टीको संगठनात्मक...

वीरगंजमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय...