Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

निर्वाचनमा जनतासंग गरेको वाचा पुरा गर्दैछु : गाउँपालिका अध्यक्ष कुर्मी

spot_img
spot_img

परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या २२ हजार ७८७ रहेको छ । यहाँ जम्मा पाँच वटा वडा छन्‌ । २०२५ साल वैशाखमा जन्मिई १० कक्षा उत्तीर्ण गरेर राजनीतिक क्षेत्रमा लाग्नुभएका रामक्षत्रीप्रसाद कुर्मी स्थानीय तह चुनावमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभयो । उहाँसँग कालिका टाईम्सले गरेको संक्षिप्त कुराकानी :

स्थानीय तहमा निर्वाचित भएको डेढ वर्षभन्दा बढी भयो । तपाईंले यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मुलुकभरि नै कार्यपालिका सदस्य र जनप्रतिनिधिबिच मतभेद हुँदै आएको छ तर मेरो पालिकामा ठिक त्यसको उल्टो रहेको छ । सोही अनुसारको वातावरण निर्माण गरी अगाडि बढ्दै आएको छु । कार्यपालिका सदस्य र जनप्रतिनिधिबिचको सद्भाव कायम छ । पालिकामा भएका जनप्रतिनिधि र कार्यपालिका सदस्य एक ढिका भएर अगाडि बढ्दै आएका छौँ । अल्पमत र बहुमतबाट कुनै पनि निर्णय भएको छैन । हामी कुनै पनि निर्णय सर्वसम्मत रूपमा नै गर्ने गर्छौं । कार्यपालिकामा २८ सदस्य रहेका छन्‌ ।

सबैतिर कर्मचारी र पालिका सदस्यबिच मनमुटाव देखिन्छ । तपाईंको पालिकामा चाहिँ कस्तो छ ?
मैले निर्वाचनअघि गरेका वाचा नै अहिले पूरा गर्दै छु । सुशासन कायम गरेको छु । जनताको शासक होइन सेवक भएर काम गरिरहेको छु । शिक्षा, कृषि, स्वास्थ्य र बाटोमा बढी जोड दिएको छु । जनताको सहभागितामा विकास कार्य अगाडि बढाएको छु ।

तीन वर्षको अवधिमा तपाईंबाट भएका उल्लेख्य काम के के हुन् ?
यसै पालिकाको वडा नं. ३ मा गाउँपालिकाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बजार विस्तार गर्न सो क्षेत्रमा रहेको पालिकाको अधुरो भवन निर्माण गरेको छु । खानेपानीको हाहाकारका बेला डिप बोरिङ गरी पानीको आपूर्ति पूरा गरी सो समस्या निराकरण गरेको छु । वडा नं. ३ को भोजभगत माध्यमिक विद्यालयको अधुरो भवन निर्माण गरी व्यवस्थित गरेको छु ।

गाउँपालिकाको बेवारिस अवस्थामा रहेको चार वटा सार्वजनिक पोखरीलाई ममर्त सम्भार गर्न ठेक्का लगाएको छु । सार्वजनिक जग्गाको संरक्षण गरेको छु ।

हाइवे जग्गामा सभाहल वा ट्रेडिङ सेन्टर निर्माण गरेको छु । पालिकाको बजार ठेक्का नलगाउने प्रवृत्ति अन्त्य गरेको छु । जसले कर, कौडी उठाउँछ, त्यसैले खाने गर्दथ्यो, सो समस्या समाप्त गरेको छु । कबाडी कर ठेक्का लगाएको छु ।
यसै गरी बजार क्षेत्रमा रहेका १४/१५ वटा कोठाबाट जम्मा ३५० रुपियाँका दरले भाडा आउँथ्यो, बिचौलियाले सो पसलबाट पाँच हजारदेखि १३ हजार रुपियाँसम्म भाडा असुल गरी पालिकालाई कम रकम दिने गरेको प्रवृत्ति अन्त्य गरेको छु ।

ककर्टपाता भएको भवनलाई चार हजार, मेन फ्रन्टमा भएको भवनलाई सात हजार र १० हजारमा नयाँ व्यापारीसँग सम्झौता गरेको छु । पुरानो सम्झौता समाप्त गरेको छु ।

सङ्घ र प्रदेशसँग कस्तो समन्वय भइरहेको छ ?
पालिकासँग कुनै समन्वय नगरी भौतिक निर्माण कार्यालयसँग विभिन्न सम्झौता गरी विकास निर्माणलगायतका कार्य गर्दै आएका छौँ । पालिकासँग कुनै राय, सल्लाह, स्टिमेट वा इन्जिनियर नमागेर वा जानकारी पनि नदिएर प्रदेशका मन्त्रीले विकासका कार्य गर्दै आएका छन्‌ । त्यसमा मेरो कुनै आपत्ति छैन, जनतालाई विकास चाहिएको हो । विकास भइरहेको छ ।
सङ्घीय सरकारसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ, सङ्घ सरकारले बोलेको, भनेको सम्पूर्ण बजेट सहकार्य गरी मैले सहयोग पाउँदै आएको छु । पालिकाभरिका जनताले हामीमाथि गरेको विश्वासको पूरा कदर गर्दै आएको छु । आगामी दिनमा पनि गर्ने छु ।

कहिले पनि उहाँहरूको विश्वासको कुठाराघात गर्दैनँ । निर्वाचित भएको तीन वर्ष भयो । बाँकी दुई सालमा पालिकाभरिका जनतालाई विकासको अनुभूति हुने गरेर काम गर्ने छु ।

पालिकामा पर्यटन विकासको अवस्था कस्तो छ ?
पर्यटकीय क्षेत्र यस पालिकामा रहेको छैन । सीमासँगै रहेका प्रसौनी गाउँपालिकामा पुरानो बौद्धिमाईको ठुलो मन्दिर रहेको छ । त्यसको भोगचलन हाम्रो पालिकामा रहेको छ तर रेखाङ्कन प्रसौनीमा रहेकाले हामी दुई पालिका समन्वय गरी त्यसमा लगानी गरेर पर्यटकीय स्थल बनाउने योजना बनाएका छौँ । गढीमाई जस्तो वातावरण बनाउन भित्री रूपमा गुरुयोजनामा राखेका छौँ ।

महिला र युवाका लागि कुनै योजना बनाउनुभएको छ ?
महिला र युवाको माग अनुसारको योजना राखेको छु । तालिमको माध्यमले बाख्रापालन, खेतीकिसानी, सिलाइबुनाइ, मुढा निर्माण गर्ने, कुटालगायतका काम गर्दै आएका छन्‌ । युवाका लागि पनि खेलकुदको विकासका लागि सामान उपलब्ध गराएको छु । वडा नं. १ मा पर्याप्त रहेको सार्वजनिक जग्गामा स्टेडियम निर्माण गर्नेछु । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबाहेक जाडोबाट बच्न, एकल महिला र वृद्धलाई न्यानो कपडा, कम्बल वितरण गर्ने योजना बनाएको छु ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...