Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

निर्वाचनमा जनतासंग गरेको वाचा पुरा गर्दैछु : गाउँपालिका अध्यक्ष कुर्मी

परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या २२ हजार ७८७ रहेको छ । यहाँ जम्मा पाँच वटा वडा छन्‌ । २०२५ साल वैशाखमा जन्मिई १० कक्षा उत्तीर्ण गरेर राजनीतिक क्षेत्रमा लाग्नुभएका रामक्षत्रीप्रसाद कुर्मी स्थानीय तह चुनावमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभयो । उहाँसँग कालिका टाईम्सले गरेको संक्षिप्त कुराकानी :

- Advertisement -

स्थानीय तहमा निर्वाचित भएको डेढ वर्षभन्दा बढी भयो । तपाईंले यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मुलुकभरि नै कार्यपालिका सदस्य र जनप्रतिनिधिबिच मतभेद हुँदै आएको छ तर मेरो पालिकामा ठिक त्यसको उल्टो रहेको छ । सोही अनुसारको वातावरण निर्माण गरी अगाडि बढ्दै आएको छु । कार्यपालिका सदस्य र जनप्रतिनिधिबिचको सद्भाव कायम छ । पालिकामा भएका जनप्रतिनिधि र कार्यपालिका सदस्य एक ढिका भएर अगाडि बढ्दै आएका छौँ । अल्पमत र बहुमतबाट कुनै पनि निर्णय भएको छैन । हामी कुनै पनि निर्णय सर्वसम्मत रूपमा नै गर्ने गर्छौं । कार्यपालिकामा २८ सदस्य रहेका छन्‌ ।

सबैतिर कर्मचारी र पालिका सदस्यबिच मनमुटाव देखिन्छ । तपाईंको पालिकामा चाहिँ कस्तो छ ?
मैले निर्वाचनअघि गरेका वाचा नै अहिले पूरा गर्दै छु । सुशासन कायम गरेको छु । जनताको शासक होइन सेवक भएर काम गरिरहेको छु । शिक्षा, कृषि, स्वास्थ्य र बाटोमा बढी जोड दिएको छु । जनताको सहभागितामा विकास कार्य अगाडि बढाएको छु ।

तीन वर्षको अवधिमा तपाईंबाट भएका उल्लेख्य काम के के हुन् ?
यसै पालिकाको वडा नं. ३ मा गाउँपालिकाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बजार विस्तार गर्न सो क्षेत्रमा रहेको पालिकाको अधुरो भवन निर्माण गरेको छु । खानेपानीको हाहाकारका बेला डिप बोरिङ गरी पानीको आपूर्ति पूरा गरी सो समस्या निराकरण गरेको छु । वडा नं. ३ को भोजभगत माध्यमिक विद्यालयको अधुरो भवन निर्माण गरी व्यवस्थित गरेको छु ।

गाउँपालिकाको बेवारिस अवस्थामा रहेको चार वटा सार्वजनिक पोखरीलाई ममर्त सम्भार गर्न ठेक्का लगाएको छु । सार्वजनिक जग्गाको संरक्षण गरेको छु ।

हाइवे जग्गामा सभाहल वा ट्रेडिङ सेन्टर निर्माण गरेको छु । पालिकाको बजार ठेक्का नलगाउने प्रवृत्ति अन्त्य गरेको छु । जसले कर, कौडी उठाउँछ, त्यसैले खाने गर्दथ्यो, सो समस्या समाप्त गरेको छु । कबाडी कर ठेक्का लगाएको छु ।
यसै गरी बजार क्षेत्रमा रहेका १४/१५ वटा कोठाबाट जम्मा ३५० रुपियाँका दरले भाडा आउँथ्यो, बिचौलियाले सो पसलबाट पाँच हजारदेखि १३ हजार रुपियाँसम्म भाडा असुल गरी पालिकालाई कम रकम दिने गरेको प्रवृत्ति अन्त्य गरेको छु ।

ककर्टपाता भएको भवनलाई चार हजार, मेन फ्रन्टमा भएको भवनलाई सात हजार र १० हजारमा नयाँ व्यापारीसँग सम्झौता गरेको छु । पुरानो सम्झौता समाप्त गरेको छु ।

सङ्घ र प्रदेशसँग कस्तो समन्वय भइरहेको छ ?
पालिकासँग कुनै समन्वय नगरी भौतिक निर्माण कार्यालयसँग विभिन्न सम्झौता गरी विकास निर्माणलगायतका कार्य गर्दै आएका छौँ । पालिकासँग कुनै राय, सल्लाह, स्टिमेट वा इन्जिनियर नमागेर वा जानकारी पनि नदिएर प्रदेशका मन्त्रीले विकासका कार्य गर्दै आएका छन्‌ । त्यसमा मेरो कुनै आपत्ति छैन, जनतालाई विकास चाहिएको हो । विकास भइरहेको छ ।
सङ्घीय सरकारसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ, सङ्घ सरकारले बोलेको, भनेको सम्पूर्ण बजेट सहकार्य गरी मैले सहयोग पाउँदै आएको छु । पालिकाभरिका जनताले हामीमाथि गरेको विश्वासको पूरा कदर गर्दै आएको छु । आगामी दिनमा पनि गर्ने छु ।

कहिले पनि उहाँहरूको विश्वासको कुठाराघात गर्दैनँ । निर्वाचित भएको तीन वर्ष भयो । बाँकी दुई सालमा पालिकाभरिका जनतालाई विकासको अनुभूति हुने गरेर काम गर्ने छु ।

पालिकामा पर्यटन विकासको अवस्था कस्तो छ ?
पर्यटकीय क्षेत्र यस पालिकामा रहेको छैन । सीमासँगै रहेका प्रसौनी गाउँपालिकामा पुरानो बौद्धिमाईको ठुलो मन्दिर रहेको छ । त्यसको भोगचलन हाम्रो पालिकामा रहेको छ तर रेखाङ्कन प्रसौनीमा रहेकाले हामी दुई पालिका समन्वय गरी त्यसमा लगानी गरेर पर्यटकीय स्थल बनाउने योजना बनाएका छौँ । गढीमाई जस्तो वातावरण बनाउन भित्री रूपमा गुरुयोजनामा राखेका छौँ ।

महिला र युवाका लागि कुनै योजना बनाउनुभएको छ ?
महिला र युवाको माग अनुसारको योजना राखेको छु । तालिमको माध्यमले बाख्रापालन, खेतीकिसानी, सिलाइबुनाइ, मुढा निर्माण गर्ने, कुटालगायतका काम गर्दै आएका छन्‌ । युवाका लागि पनि खेलकुदको विकासका लागि सामान उपलब्ध गराएको छु । वडा नं. १ मा पर्याप्त रहेको सार्वजनिक जग्गामा स्टेडियम निर्माण गर्नेछु । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबाहेक जाडोबाट बच्न, एकल महिला र वृद्धलाई न्यानो कपडा, कम्बल वितरण गर्ने योजना बनाएको छु ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...