Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, गत वैशाख २३ गते बिहान ४:०० बजे वीरगञ्ज–१३, मुर्ली नयाँ टोलस्थित सारजा खातुनको घरअगाडि पार्किङ गरी राखिएको मधेश प्रदेश–०३–०२७ प ५५५५ नम्बरको १६० सिसीको एनएस मोटरसाइकल चोरी भएको थियो । चोरीको विषयमा पिडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा मिति २०८२ जेठ १६ गते सर्लाही कबिलासी नगरपालिका–४ बस्ने २१ वर्षीय राधेश्याम यादवलाई उक्त चोरी गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यादवविरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए ।

यस्तै, अर्को घटनामा शनिबार वीरगञ्ज–४, अमरचोकस्थित प्रमोद प्रसाद साहको नाममा दर्ता गरिएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको १५० सिसीको कालो–रातो पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बारा बारागढी गाउँपालिका–१ बस्ने २५ वर्षीय रूपेश चौधरीलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको छ ।

चौधरीविरुद्ध पनि चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...