Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा भब्य रुपमा मनाइयो गणतन्त्र दिवस

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । दसौता–इनर्वा बोर्डर क्षेत्रलाई गणतन्त्र दिवसका लागि विशेष रूपमा सजाइएको थियो । गाउँपालिकाले नेपाल–भारत सीमामा राष्ट्रिय झण्डा झण्डोत्तलन गरिनुका साथै सिमा क्षेत्रमा सूचना केन्द्रको स्थापना समेत गरिएको छ । गणतन्त्र दिवसको अवसरमा सिमा सुरक्षा वल सशस्त्र प्रहरीका अधिकारीहरुको उपस्थितीमा सिमामा नेपालको झण्डा फहराइएको छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बिहिवार नै तीनवटा निर्माण सम्पन्न भई संचालनमा आएका योजनाहरूको उद्घाटन गरेका छन् । इनर्वा–दसौता सिमा क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जगरनाथपुर गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका पर्यटक सूचना केन्द्र, कुस्ती अखाडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोस्ट र राष्ट्रिय ध्वज स्थलको उद्घाटन गरिएको हो । साथै, सिमा क्षेत्रको नेपाली भूमिमा “सेल्फी स्टल” समेत निर्माण गरिएको छ । अब यो क्षेत्र पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अध्यक्ष यादवको विश्वास छ ।

सौन्दर्यकरण पश्चात इनर्वा–दसौता सिमा क्षेत्र झनै मनमोहक देखिएको छ । उद्घाटन तथा झन्डा फहराउने कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले लोकतन्त्रले दिएको उपलब्धिहरूलाई आत्मसाथ गर्दै स्थानीय सरकारले विकासको मूल फुटाएको बताए । उनले लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै रहेको उल्लेख गर्दै लोकतन्त्रपछिको परिवर्तनले जनताको जीवनशैलीमा सकारात्मक असर पारेको तथा विकासको गति तीव्र रुपमा अघि बढिरहेको बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बबिता सिंह, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. १ का अध्यक्ष लक्ष्मी साह तेली, भारतीय सीमा सुरक्षा बलका निरीक्षक आर.डी. कोमल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...