Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

गणतन्त्र दिवसमा वीरगंज कारागारमा रक्तदान

spot_img
spot_img

वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागार कार्यालयमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त आयोजनामा बिहीबार सम्पन्न रक्तदान कार्यक्रममा कारागारका कैदीबन्दी, थुनुवा, महिला कैदी तथा सशस्त्र प्रहरीसहित करिब १४० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम वीरगञ्ज कारागार कार्यालयको सहकार्यमा आयोजना गरिएको हो। वीरगञ्ज क्षेत्रमा रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रक्तदानमा सहभागी कैदीबन्दीहरुले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो। “विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका कैदीबन्दीहरुले रक्तदान गरेर अरुको जीवन जोगाउन मद्दत पुर्‍याउनु साह्रै सराहनीय छ,” उहाँले भन्नुभयो।

कार्यक्रम संयोजक दिलिपराज कार्कीले वीरगञ्ज क्षेत्रमा रगतको अभाव निकै गम्भीर भएको महसुस गरेर नै रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “रगतको अभावमा छटपटाइरहेका बिरामीहरुको जीवन बचाउन कैदीबन्दीहरुले देखाएको यो पहल अनुकरणीय छ,” उहाँले भन्नुभयो।

रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी देवेन्द्रबहादुर सिंह, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुवर्ण पोखरेल, कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रुपक मण्डल तथा अन्य सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमले वीरगञ्जमा रक्तको अभावका कारण ज्यान जोखिममा परेका बिरामीहरुको जीवनमा आशाको किरण ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...