Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजका मेयर सिंहद्वारा विभिन्न वडाहरूमा सडक निर्माण कार्यको अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको मेयर राजेशमान सिंहले अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा मेयर सिंहले सडक निर्माणको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने र निर्धारित समयसीमामा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यसै क्रममा वडा नं. २१ परवानीपुरमा पटेल नगरतर्फको सडक निर्माण कार्यको समेत मेयर सिंहले अनुगमन गरेका हुन् । त्यहाँ मुख्य सडकबाट पटेल नगरतर्फको सडकमा देखिएको अवरोध हटाएर निर्माण कार्य द्रुतगतिमा अगाडि बढाइएको छ।

वडा नं. १४ स्थित सानो पिप्रा बौद्धिमाईमा सम्पन्न भएको कालोपत्रे सडकको निरीक्षण गर्दा मेयर सिंहले सडक निर्माणले स्थानीय आवागमन सहज बनाउने र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमनकाे क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, वडा नं. २७ का वडाध्यक्ष हृदयनारायण प्रसाद कुर्मी, स्थानीय बासिन्दा तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । स्थानीय वासिन्दाहरूले सडक निर्माणको पहलप्रति प्रसन्नता व्यक्त गर्दै यसले आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।

वीरगंज महानगरपालिकाले गाउँ तथा शहरलाई जोड्ने आधारभूत पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै सडक, ढल र खानेपानी परियोजनाहरूमा गति थपेको छ । हाल महानगरका सबै वडामा कालोपत्रे सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ, जसले समग्र महानगरको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...