Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पत्रकार महासंघकाे सदस्यता नामावली सच्याउन पर्साका चार संगठनकाे माग

spot_img
spot_img
वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
 
प्रेस चौतारी पर्सा,  प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मंञ्च नेपालले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चाेर बाटाेबाट सार्वजनिक गरिएकाे नामावली प्रति ध्यानाकर्षण भएको जनाउँदै सदस्यता नमावली सच्याउँन माग गरेको हो ।
 
जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति आपती जनाउँदै जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको चार संगठनहरुकाे ठहर रहेकाे जनाएका छन् ।
 
विधानतः शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्य चकित रुपमा केन्द्रले थपेर महासंघको गरीमा समेत घटाएको तथा पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहुने जानकारी प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
संगठनहरुले महासंघ विधि विधानसम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुँदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रकृया मिचेर नाम थपघट गर्ने कार्यको छानविन गरी उचित कार्वाहीको माग समेत गरेको छ ।
 
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिवद्ध रहेका भन्दै संगठनहरुले विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचनको कुनै प्रकृया अगाडी नबढाउने साथै निर्वाचन नहुँदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुने विज्ञप्ती उल्लेख गरिएको छ ।
 
प्रकाशित विज्ञप्तीमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष  विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् ।
 
यसअघि नै समाजवादी प्रेस संगठ नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखामा गरेकाे तालावन्दी यथावत रहेकाे छ । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...