Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

स्वर्णकार हत्याकाे कारण अनैतिक सम्बन्ध, ८ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बाराको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) हत्या काण्डको अनुसन्धान लगभग टुंगो लागिसकेको बताइएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज सापकोटाले सर्राफ हत्याकाण्डको अनुसन्धान प्रहरीले लगभग टुङ्गो लगाइसकेको बताएका हुन् ।

संचारकर्मीहरुसंग कुरा गर्दै सिडिओ सापकाेटाले सर्राफको मृत्युको कारण उनको व्यक्तिगत आचरण भएको वताए । हत्या प्रेम सम्बन्धका कारण भएको पुष्टि गर्दै उनले भने, ‘सरार्फको  हत्याकाण्ड कुनै आपराधिक समूहले गरेको होइन, व्यक्तिगत आचरणको कारण हो । हत्याको विश्लेषणमा व्यक्तिगत आचरणले मृत्यु भएको हो । सुरक्षा चुनौती केही पनि छैन ।’

उनले थपे, ‘मृतक सर्राफको एउटा महिलासँग अनैतिक सम्बन्ध थियो । त्यही सम्बन्धका कारणले महिला र उनका आफन्तले मिलेर हत्या गरेको अनुसन्धानमा पाइएको छ ।’ यद्यपि अनुसन्धान पूरा टुङ्गो लागेपछि बारा प्रहरीले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने उनले बताए ।

सापकोटाका अनुसार प्रेम सम्बन्ध कै कारण सर्राफमाथि यसअघि पनि आक्रमण भएको थियो । ‘अन्य केही सबुत पनि फेला परेका छन् । त्यस कारण हामीले प्रेम सम्बन्धकै कारण हत्या भएको हो भनी निर्क्योल निकालेका हौँ,’ उनले भने ।

प्रहरीले हत्यामा संलग्न रहेको आशङ्का एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । जसमा पाँच जना नेपाली र अन्य भारतीय रहेको प्रहरी स्रोतको दाबी छ । पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन् । उनी मदरसा टोलमै बसोबास गर्छिन् । पक्राउ परेका मध्येका एक भारतीय नागरिक मनोज गुप्ता छन् ।

राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल स्वर्णकार विवाहित हुन् । 

सर्राफमाथि सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा आएको चार जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर रूपले घाइते भएका उनको उपचारका क्रममा वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा मृत्यु भएको थियो । उनको मङ्गलवार हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।

उनको हत्याको विरोधमा पर्सा, बारासहित मधेस प्रदेशका सम्पूर्ण निजी विद्यालयले मङ्गलवार बिदा दिएका थिए भने व्यवसायीहरूले कलैया बजार बन्द समेत गरेका थिए ।

यसैबीच, अभिभावक सङ्घ, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी बाल एकता बोर्डिङ स्कूलका सञ्चालक/प्रधानाध्यापक रूपेश सर्राफको हत्याको आरोपमा पक्राउ परेका व्यक्ति तथा मुख्य अपराधीलाई कडा कारबाई गर्न माग गरेको छ । अपराधीलाई कानूनी दायरामा ल्याइ पीडित परिवारलाई न्याय दिलाउन तथा बारावासीलाई शान्ति सुरक्षा व्यवस्था मिलाउन सङ्घका अध्यक्ष सन्दीपकुमार साहले विज्ञप्तिमा जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...