Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

पुनम हत्या प्रकरणमा पक्राउ परेका सुनिल काे हुन ?

spot_img
spot_img

वीरगंज । वीरगंज १ छपकैयाँकी पुनम देबी हत्या प्रकरणमा प्रहरीले अनुसन्धान गर्न एक जनालाई नियन्त्रणमा लिएकाे छ । स्थानिय सुनिल सर्राफलाई प्रहरीले शुक्रबार नै पक्राउ गरि अनुसन्धान अगाडी बढाएकाे छ । 

प्रहरी हिरासतमा रहेका सुनिल पनि मृतक पुनमकै वडा निवासी हुन् । सर्राफसंग पुनमको ‘कनेक्सन’ तार कसरी जोडियो ? पुनम ब्यूटिसियन हुन् ।

प्रहरी स्राेतका अनुसार पक्राउ परेका सुनिल मृतक पुनमले ब्यूटिपार्लर सञ्चालन गर्दै आएकी घर साहुकाे छाेरा हुन् । पुनमले सुनिल कै घरमा भाडा लिएर ब्युटिपार्लर सञ्चालन गरिरहेकी थिइन् ।   

सुनिलकाे पुनमसंग त्यहीँ ब्युटिपार्लरबाट हिमचिम बढ्दै गएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सुनिलकाे यो हिमचिम प्रत्यक्ष भेटघाटमा मात्रै सीमित रहेन, उनको घरसम्म पुग्यो । अर्थात् सर्राफले फोन संवाद पनि बढाए ।

मृतक पुनम देबीको ‘कल डिटेल’ मा सुनिलकाे फोन नम्बरको पनि देखिएका छन् । ‘कल डिटेल्स’का अनुसार सुनिलकाे मृतक पुनमको निरन्तर सम्पर्कमा रहेको देखिन्छ ।

यसरी ‘कल डिटेल्स’ को आधारबाट सुरु भएको प्रहरी अनुसन्धानले पहिलो चरणमै सुनिललाई नियन्त्रणमा लियो । कारण–पुनमको मृत्यु हुनुभन्दा अगाडि सर्राफसंग कुरा भएको देखिन्छ । 

प्रहरी अनुसन्धान पनि यहीबाट सुरु भएको छ, तर यही आरोपित हो भनेर प्रहरी अनुसन्धान भने टुंगो लागी नसकेको अवस्था छ । किनकी, अहिलेसम्म सर्राफले ठोस बयान दिन सकेका छैनन् । 

मृतक पुनमको शुक्रबार विहान हत्या भएको थियाे । उनको टाउँकोमा प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । टाउकाेबाट रगत बगिरहेकाे अचेत अवस्थामा भेटिएकी पुनमकाे अस्पताल पुर्याउँदा मृत्यु भएकाे थियाे ।

घटना बारै अझै अनुसन्धान भइरहेकाेले अहिले नै केही भन्न नसकिने प्रहरी अधिकारीहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...