Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

ब्युटिपार्लर संचालन गर्दै आएकी छपकैयाकी पुनमकाे हत्या

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १ छपकैयामा एक महिलाकाे हत्या भएकाे छ । स्थानिय गगनदेव साहकाे ४० बर्षिय श्रीमति पुनम देवीकाे टाउकाेमा घरेलु हतियार प्रहार गरी हत्या भएको हाे ।

स्थानियका अनुसार शुक्रवार बिहान टाउँकोबाट रगत बगिरहेको अवस्थामा अचेत भेटिएकी पुनमलाई सुरुमा उपाचारकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा लगिएकाे थियाे ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारकाे लागि नेशनल मेडिकल कलेजमा लगियाे । यद्यपि त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरि दिए ।

पुनकाे शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएकाे छ । प्रहरीले घटना बारे अनुसन्धान थालेकाे छ । टाउकोमा घरेलु हतियारले हानेर पुनमलाई अचेत बनाएकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान छ । प्रहरी स्राेतका अनुसार मृतक पुनमको टाउँकोमा ४/५ ठाउँमा गम्भीर चोट लागेको देखिएकाे छ ।

जिउतियाकाे दिन विहान ब्रतालु महिलाहरुले दहि जिउरा (सरगही) खाने चलन छ । त्यस कै लागि शुक्रबार विहान अन्दाजी ४ बजेकाे समयमा पडाेसी बहिनीले मृतकलाई फाेन गरेर जगाउँन खाेज्दा फाेन उठिरहेकाे थिएन् ।

त्यसपछि ति पडाेसी बहिनीले मृतक पुनमकाे घर मै पुग्दा घरकाे मुल गेटमा अगाडी चुकुल लगाइएकाे थियाे । घरकाे चुकुल खाेलेर भित्र पस्दा मृतक पुनम सुत्ने काेठामा पनि अगाडीबाट नै चुकुल लगाइएकाे थियाे । साे घरकाे चुकुल खाेल्दा अचेत अवस्थामा भेटिएकी मृतक पुनमकाे ‘टाउँकोबाट रगत बगिरहेको देख्दा उनी कराउन थालिन ।

उनको हल्लापछि नजिकै रहेका घरबाट अन्य आफन्तहरु पनि घटनास्थलमा पुगे । आफन्तहरुले देख्दा उनी जिउँदै थिइन् । त्यसपछि उनको उपचारका लागि अस्पताल लगेका पुर्याएका थिए । 

वीरगंजकाे छपकैया मै ब्युटिपार्लर संचालन गर्दै आएकी मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनमको श्रीमान भारतको ग्वालियरमा राेजगारीकाे शिलसिलामा बस्दै आएका छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले घटना बारे अनुसन्धान भइरहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...