Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

हलिया मुक्तिसंगै पुर्नस्थापनकाे सम्पुर्ण कार्य अबिलम्ब गरियोस : अध्यक्ष बिक

spot_img
spot_img

 वीरगंज । नेपाली समाजमा सामन्तवादको अवशेषका रुपमा रहेको हलिया प्रथाको अन्त्यको घोषणा भएको १५ औं वर्ष पूरा भएको अवसरमा हलिया मुक्तिको आन्दोलन र पुनःस्थापनाको कष्टपूर्ण अभियानमा लागेकाहरुलाइ दलित नेटवोर्क नेपाल ( RDN ) का अध्यक्ष गणेश बिकले बधाई एवं शुभकामना ब्यक्त गरेका छ्न् ।

बिकले एक प्रेस बिज्ञपति जारी गर्दै हलिया मुक्ति आन्दोलनमा प्रत्यक्ष/अप्रत्यक्ष सहयोग, समर्थन र ऐक्यबद्धता जनाउने नेपाल सरकार, राजनीतिक दलहरु, मानवअधिकार र नागरिक आन्दोलनका प्रतिनीधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु र हलिया आन्दोलनका सहयात्रीहरुप्रति बधाई तथा शुभकामना ब्यक्त गरेका हुन ।

बिकद्वारा जारी बिज्ञप्तिमा हलिया मुक्ति भएको १५ वर्ष वर्ष पूरा भई सक्दा समेत हलियाको पुनःस्थापनाको काम पूरा हुन बाँकी रहँदै मुक्त हलियाहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, दीगो जिवीकोपार्जन, सशक्तिकरण र समावेशीकरण सम्बन्धी संघ, प्रदेश र स्थानीय सरकारहरुका नीति तथा कार्यक्रम र बजेटमा समावेश नगरिनु, मुक्त हलिया पुनःस्थापना सम्बन्धी कुनै कानून नबनाइनु, छुट हलियाका विषयमा कुनै ठोस योजना नबनाइनु, केही टक्रा जमिन र केही व्यक्तिलाई तालिम दिएको भरमा पुनःस्थापनाको काम सम्पन्न भएको निश्कर्ष निकाल्नु प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका तथ्याँक संकलन समेत नभएका स्थानीय तह र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेतबाहेकका जिल्लाहरुमा रहेका लाखौं मुक्त घोषित हलियाहरुको पुनःस्थापनाका विषयमा संविधान सभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ र सो प्रतिवेदनका आधारमा निर्माण गरिएको पुनरस्थापना सम्बन्धी निर्देशीका तथा श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रालयद्वारा मस्यौदा गरिएको एकीकृत कानून पारित गरी पुनःस्थापनाका सम्पूर्ण कार्य पूरा गर्न विज्ञप्ती मार्फत जोडदार माग समेत गरिएकाे छ ।

हलिया मुक्तिको घोषणा हुँदा शाब्दिक रुपमा संबोधन भएका हलियाजस्तै समस्या भोगिरहेका पूर्वी तराई मधेशका करिव १ लाख बढी परिवारको संख्यामा रहेका हरवाचरवाको मुक्तिको घोषणा भएको समेत १ वर्ष पूरा भइसकेको छ तर हालसम्म निजहरुको तथ्याँक संकलन गर्ने काम समेत नभएकोले नेपाल सरकारको ध्यानाकर्षण गर्दै मधेश प्रदेशका ८ वटै जिल्लामा हरवाचरवाको तथ्याँक संकलन गरी प्रभावकारी पुनःस्थापनाको एकीकृत प्याकेज सार्वजनिक गर्न बिज्ञप्ति मार्फत माग गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...