Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सञ्चारगृहमा उच्छृङ्खल हर्कत गर्नेमाथि कारवाही गर्न पत्रकार महासंघको माग

spot_img
spot_img

वीरगंज । वीरगञ्जबाट प्रकाशित हुँदै आएको अनलाइन न्यूज पोर्टल यात्राडेली डटकमको कार्यालयमा पुगेर उच्छृङ्खल गतिविधि गर्नेमाथी कडा कारवाही गर्न नेपाल पत्रकार महासंघ पर्साले माग गरेको छ ।

“अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित गरेको समाचारलाई आफू अनुकूल पुर्नलेखन गरिदिन दवाव दिँदै अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साह एकदर्जनभन्दा पनि अपरिचित व्यक्तिसँग समूह बनाएर यात्राडेलीको कार्यालय पुगेर उच्छृङ्खल गतिविधि गर्दै हुलहुज्जत गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले शनिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

“वीरगञ्जबाट प्रकाशित हुँदै आएको यात्राडेली डटकमले मिति २०८० वैशाख ८ गतेका दिन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले जारी गरेको आदेशको आधारमा “अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित समाचारलाई लीएर अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साहसहितका एक दर्जनभन्दा बढी अपरिचित व्यक्तिहरु यात्राडेली डटकमको कार्यालयमा पुगी उच्छृङ्खल गतिविधि गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अदालातबाट जारी भएको आदेशको आधारमा लेखिएको सामाचारलाई समेत आफ्नो अनुकूल नभएको भनि सञ्चारगृह मै पुगेर हुलहुज्जत गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको ठहर गर्दै छ स्वतन्त्र रुपमा पत्रकारिता गर्न नदिने यस्ता उच्छृङ्खल समूहलाई कानूनसमतको कारवाही गर्न समेत विज्ञप्ति मार्फत माग गरिएको छ ।

शनिबार बिहान करिब पौने ११ बजेको समयमा अभिभावक संघ पर्साका अध्यक्ष सन्दीपकुमार साहसहित एक दर्जन भन्दा बढी अपरिचित व्यक्ति यात्राडेलीको कार्यालयमा पुगेर हुलहुज्जत गर्दै उच्छृङ्खल गतिविधि गरेका थिए । यात्राडेली डटकममा शुक्रबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जारी गरेको आदेशको आधारमा “अभिभावक संघको मुद्दामा अदालतद्वारा अन्तरिम आदेश दिन अस्विकार” शिर्षकमा प्रकाशित गरेको समाचारलाई आफू अनुकूल बनाइदिन दवाव दिन उनीहरु कार्यालय आएको यात्राडेलीका प्रवन्ध निर्देशक एवम् सञ्चालक रामकुमार सर्राफले बताए ।

सर्राफकाअनुसार शनिबारका दिन कार्यालयमा कोही नभएको समयमा एक दर्जनभन्दा बढीको समूह बनाएर पुगेका उनीहरुबाट कार्यालय छेउछाउमका मान्छेसमेत तर्सिएका थिए । ‘शनिबार हुँदा कार्यालयमा कोहि थिएन । उनीहरुले अचानक भिड लगाएर होहल्ला गर्न थालेपछि स्थानीयहरुले हामीलाई फोन गरेर जानकारी गराए,’ सार्रफले भने, ‘भिडभाड भएको जानकारी पाएपछि हामीले प्रहरीलाई खबर गरेका थियौं । प्रहरी पुगेको देखेर उनीहरु फरार भएका थिए ।’

सञ्चारगृहले अदालतले जारी गरेको आदेशको आधारमा समेत समाचार बनाउँदा अभिभावकहरुको सङ्गठन जस्तो जिम्मेवार संस्थाबाट यस्तो गतिविधि हुन् दु:खद् भएको सर्राफले बताए । उनले अभिभावक संघ र त्यसका अध्यक्ष साहविरुद्ध आफूहरुले कानूनी प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...