Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

यज्ञमा दलितलाई बस्न नदिने घटनाप्रति दलित पत्रकार संघ पर्साको आपत्ती

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

आइतवार राष्ट्रिय दलित पत्रकार संघ पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो ।

संविधानले नै छुवाछुत एवम् भेदभावजन्य गतिविधिलाई अपराध मानेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवान र सचिव सूर्यनारायण वि.क.द्वारा सयुँक्त रुपमा जारी विज्ञप्तमा भनिएको छ ।

महायज्ञका लागि त्याहाँका दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गर्नु र उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न पनि संघले विज्ञप्तीमार्फत माग गरेको छ ।

खुलेयाम रुपमा बरु जेल जान तयार तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीकाय दायरामा नल्याउँदासम्म यस्ता विभेदजन्य घटना भइरहेको संघको ठहर छ ।

महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...