Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

निष्काशित व्यक्तिको संरक्षण गर्न खाेजिएकाे प्रति संगठनकाे आपती

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले जारी गरेको विज्ञप्तिप्रति साेही संगठनकाे प्रदेश समितिले आपती जनाएकाे छ । समितिका सचिव रमेश सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रवीण साहले मिति २०७९/११/२८ गते जारी गरेको विज्ञप्तिमा संगठनको विधान र मर्म विपरित कार्य गरेको कारण जिल्ला कार्य समितिले निष्काशन गरि सकेको गैर पत्रकारको संरक्षणका लागि जारी गरेको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश समितिका सचिव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मिति २०७९/११/२१ गतेका दिन पत्रकार पत्रकारबीच भएको विवादको विषय जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी सहित एक दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा मौखिक रुपमा सहमति भई विवाद सुल्झिसकेको अवस्थामा अन्यत्रबाट संचालित भएर पुनः एक सप्ताहपछि उजरी दिने कार्य गरेको र त्यसको समर्थमा संगठनका प्रदेश समितिका अध्यक्ष प्रवीण साहले हचुवाको भरमा कसैसँग सल्लाह नै नगरी संगठनबाट निष्काशन गरि सकिएको व्यक्तिको संरक्षणको लागि विज्ञप्ति जारी गरेकोप्रति संगठनकाे आपत्ति रहेकाे उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको संगठनले ठहर गरेकाे छ । संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, कोषाध्यक्ष हरिशंकर शर्मा लगायतका पत्रकारहरु संलग्न रहेको विषय मौखिक रुपमा समाधान गरि सकिएको अवस्थामा त्यही विषयलाई लिएर संगठनको प्रदेश समिति एवम् पदाधिकारीहरुबीच पनि कुनै किसिमको राय सल्लाह नै नगरी अध्यक्ष साहले विज्ञप्ती जारी गरेकोले त्यो कुनै संगठनको धारणा वा मांग नभएर सिंगो व्यक्तिको धारणा रहेको जानकारी गराइएको छ ।

साथै अभद्र व्यवहार भएको भनिएको व्यक्ति दिपक चौरसियाको आचारणको बारेमा सबैलाई थाहा भएकै कुरा भएकोले थप भन्नु नपर्ने र त्यस्तै आचरण र व्यहारकै कारण उनलाई संगठनको जिल्ला कार्य समितिले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिसकेको प्रदेश समितिलाई जानकारी गराइसकेकाे अवस्थामा अध्यक्ष साहले निकालेको विज्ञप्तिले सिंगो संगठनप्रति नै आँच पुग्ने कार्य भएको हाम्रो बुझाई रहेको सचिव सुवेदीको भनाई छ । उनले पत्रकार पत्रकारबीचको विवादलाई आपसी समझदारी मै सुलझाउन विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध समेत गरेको छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...