Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

धनगढी घोषणा पत्रसहित मुक्त हलिया भूमि अधिकार क्याराभान २०७९ को समापन गरिने

spot_img
spot_img

वीरगंज । डोटीको सिलगढी र शिखर नगरपालिकामा शनिबार भूमिहिन दलित र मुक्त हलिया सवालमा छलफल भई सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका सहभागीहरु डडेल्धुराको तुफानडाडामा बिभीन्न राजनितिक दलका नेताहरुको सहभागितामा एक बिशेष कार्यक्रमको सम्पन्न भएकाे छ ।

भदाै १९ गते साेमबार बिहान ८ः०० बजे बाजागाजा सहित धनगढीको चौराहाबाट रयाली सहित १४ औं मुक्त हलिया दिवशको सन्दर्भमा भूमिहिन दलित तथा मुक्त हलिया पुनस्र्थापनाको सवाल र राज्यको दायित्व बिषयक सुदूरपश्चिम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गरि धनगढी घोषणा पत्र सहित भूमिहिन दलित तथा मुक्त हलिया भूमि अधिकार क्याराभान २०७९ को समापन गरिनेछ ।

सम विकास केन्द्र डाेटीका अध्यक्ष अधिराज बि.सी., दलित भुमि अधिकार युनियनका महासचिव श्याम सुनारले संयुक्त रुपमा शनिबार प्रेस विज्ञप्ती जारी गर्दै क्याराभान २०७९ बारे जानकारी गराएका छन् ।

यस अघि भाद्र १७ गतेका दिन बेलुका सृदूरपश्चिम प्रदेशका ५ वटा जिल्लाहरु दार्चुला, बैतडी, बझाङ्ग, अछाम र बाजुरा सदरमुकामबाट कोणसभाको आयोजना गरिएकाे थियाे ।

भाद्र १५ गतेका दिन सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका १८ वटा पालिकाहरुमा गठन भएका भूमिहिन दलित तथा मुक्त हलिया जनसंगठन मार्फत बिभीन्न माग राखि स्थानिय सरकारलाई एकै समयमा ज्ञापनपत्र पेश गरिएकाे थियाे ।

त्यसैगरि भाद्र ११ देखि १४ सम्म स्थानिय स्तरका भूमिहिन दलित तथा मुक्त हलिया जनसंगठनहरुका बैठक मार्फत क्याराभानका लागि सहभागि छनोट गरि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।

नेपालको संविधानको धारा २९ शोषणविरुद्धको हक अन्तरगत उपधारा (३) मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाँधा बनाउन पाइैन छैन र उपधारा (४) मा कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाईने छैन भने धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई एक पटक जमिन र आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको छ ।

यसकासाथै सबैका लागि प्रयाप्त आवासको अधिकार नेपालको संविधानले पहिलो पटक सुनिश्चित गरेको नेपाली जनताको मौलिक अधिकार हो । यसकासाथै मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ ले आवासको अधिकारलाई प्रयाप्त जीवनस्तरको अधिकारको मान्यता दिएको छ ।

राज्यले सामाजिक न्याय तथा समावेशीकरण सम्बन्धी नीतिमा मुक्त हलियाको पहिचान गरी बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन र रोजगारीका लागि स्पष्ट गरेको छ । सुदूरपश्चिम र कर्णालीका सबै जिल्लाहरुमा बधुवा श्रमिकको रुपमा हलिया प्रथा विद्यमान रहेको कुरा विधितै रहेकाे जारी  प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

साहुबाट बाध्यतावश एउटा पुस्ताले ऋण लिएर त्यसको व्याज र साहुको जग्गाको सानो टुक्रा उपभोग गरे बापत साहुले अह्राएका सम्पूर्ण काम पुस्तौं पुस्तादेखि गर्ने प्रथा नै हलिया प्रथा हो । साहुको खेतीपाती लगाउने, हलो जोत्ने, भारी बोक्ने, दाउरा चिर्ने, मल फाल्ने, बस्तुभाउ स्याहार्ने तथा दैनिक रुपमा गरिने कामहरू बिना ज्यालामा गरिदिनुपर्ने बाध्यकारी अवस्था हो ।

यसै तथ्यलाई मध्यनजर गर्दै १४ औं मुक्त हलिया दिवसको सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र सम विकास केन्द्र डोटीको संयूूक्त आयोजना तथा दलित भूमिअधिकार यूनियनसंगको सहकार्यमा नेपालको संबिधानको धारा ४० को उपधारा (५) र ६) मा दलितको भूमिअधिकार सम्बन्धी प्रावधानलाई कार्यान्वयन गराउनका लागि २०७९ भाद्र १० गतेका दिन सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका १८ पालिकामा भूमिहिन दलित तथा मुक्त हलियाका लागिः भूमि अधिकार क्याराभान २०७९ बारे जानकारी गराईएको थियो ।

क्याराभानको मुख्य उद्देश्य आगामी प्रदेश र संघीय तहको निर्वाचनमा बिभीन्न राजनितिक दलहरुको घोषणापत्रहरुमा दलित भूमिहिन र मुक्त हलियाहरुको सवाल सम्बोधन गराउनका लागि आम रुपमा जागरण अभियान संचालन गर्ने, नेपालको संबिधानको धारा ४० को उपधारा ५ र ६ मा भएको प्रावधानलाई कार्यान्वयन गराउनका लागि दबाव श्रृजना गर्ने र सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका बिभीन्न राजनितक दलहरु, सरकारी कार्यालयहरु, स्थानिय सरकार, नागरिक समाज, पत्रकार र अन्य सरोकारवाला निकायसंग समन्वय कायम गर्दै भूमिहिन दलित र मुक्त हलियाका लागिः भूमि अधिकार क्याराभान २०७९ मा ऐक्यबद्धता कायम गराउने रहेको विज्ञप्ती मार्फत जानकारी गराइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...