Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बधुवा मजदूर मुक्त नेपाल एक ऐतिहासिक उपलब्धी : अध्यक्ष बिक

spot_img
spot_img

वीरगंज । रास्ट्रिय दलित नेटवोर्क (आरडिएन) नेपालका अध्यक्ष गणेश बिकले बधुवा मजदुर मुक्त नेपाल निर्माण एक एतिहासिक उपलब्धि भएको बताएका छन् ।

आरडिएनको २२ औ स्थापना दिवसकाे अवसरमा आयाेजित सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत साेमबार अध्यक्ष बिकले एक प्रेस बिज्ञपति जारी गर्दै सामन्ती अवशेसको रुपमा रहेको बधुवा मजदुरको प्रथाको मुक्ती एतिहासिक उपलब्धि भएको बताएका छन् ।

जारी प्रेस बिज्ञप्तिमा राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपाल वि.संं. २०५७ भाद्र ६ गतेका दिन दलित समुदायका बहुआयामिक समस्याहरुको दीर्घकालिन समाधानका लागि जातीय छुवाछूत र भेदभाव विनाको अर्को नेपाल संभव छ, आउनुहोस निर्माण गरौं भन्ने मूल नाराकासाथ स्थापना गरिएको थियाे ।

आरडिएन नेपालको स्थापनमा उठाएका कतिपय मुद्दाहरु स्थानीय हुँदै राष्ट्रिय अनि अन्तराष्ट्रियकरण भई सही ढंगले संबोधन भएका छन् । हलिया मुक्ति तथा पुनःस्थापना पश्चात उस्तै समस्याका रुपमा रहेको पूर्वी नेपालको हरवाचरवाको मुक्तिको आन्दोलनमा आरडिएन नेपालको नेतृत्वदायी भूमिकाका कारण यही २०७९ श्रावण २ गते प्रधानमन्त्रीले नेपाल सरकारका मन्त्रीहरू, साँसदहरु, संवैधानिक आयोगका प्रमुख तथा प्रतिनीधिहरु, उच्च पदस्थ कर्मचारीहरुसहित हलिया, कमैया तथा हरवाचरवा आन्दोलनका अगुवाहरुको उपस्थिति रहेको एक भव्य समारोहका बीच अनुचित ऋणको खारेजीसहित हरवाचरवा मुक्तिको घोषणा गरेका थिए ।

हरवाचरवाको मुक्तिको घोषणासँगै अब नेपालमा सामन्तवादका अवशेषहरुका रुपमा रहेको प्रथाहरु औपचारिकरुपमा अन्त्य भएका छन र नेपाल बधुँवाप्रथा मुक्त राष्ट्र भएको जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

आरडिएनले विज्ञप्ती मार्फत नै स्थापनाकालदेखि नै कमैया, हलिया तथा हरवाचरवा प्रथाको अन्त्य गर्ने लक्ष्यका साथ आन्दोलनको निर्माण गरेको हुनाले यो वर्षको स्थापना दिवसका सन्दर्भमा गौरव अनुभूति गर्दै देशैभरिका मुक्त कमैया, कम्लरी तथा हलिया विशेषगरी हरवाचरवा प्रथाको जीवन व्यथित गरेका दाजुभाइ तथा दिदिबहिनीहरुप्रति बधाई तथा शुभकामना व्यक्त गरेकाे छ ।

विज्ञप्तीमा यस ऐतिहासिक दिवसका सन्दर्भमा सर्वप्रथम नेपाल सरकारलाई हरवाचरवा पुनःस्थापना तथा कमैया कमलरी तथा हरलियाहरु जो अझै पुनःस्थापना हुन बाँकी छन । उनीहरुको पुनःस्थापनाका लागि संविधानसभा सदस्य श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्न जोडदार माग गरिएको छ ।

साथै एक कार्यान्वयन संरचनाको गठन गरी आगामी निर्वाचन पूर्व मुक्त हरवाचरवाको तथ्याँक संकलन गर्ने काम सम्पन्न गर्न समेत आरडिएनले माग गरेकाे छ ।

आफ्नो हकहितका लागि जसरी मुक्तिको आन्दोलनमा बन्धनको प्रवाह नगरी सक्रीयतापूर्वक त्याग गर्नु भयो त्यसैगरी पुनःस्थापनाको आन्दोलनमा अझ सशक्त रुपमा एक भएर लाग्न मुक्त हरवाचरवा, हलिया तथा कमैया र कम्लरी आन्दोनका अगुवाहरुलाई आव्हान पनि बिज्ञपति मार्फत गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...