Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गैर जिम्मवार संचार माध्यमलाई अंकुश लगाउन कर्मचारी संगठनकाे माग

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले गैर जिम्मेवार संचार माध्यमलाई अंकुश लगाउन माग गरेकाे छ । संगठन पर्साले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै तथ्य विनाकाे व्यक्तिगत चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गैर जिम्मेवार संचारमाध्यलाई अंकुश लगाउन नेपाल पत्रकार महासंघ पर्सा संग माग गरेकाे हाे ।

संगठन पर्साका उपाध्यक्ष संदिप कुमार पटेलद्वारा हस्तारित प्रेस विज्ञप्ती मार्फत संगठनले विगत केही समयदेखि पर्सा जिल्लाकाे विभिन्न स्थानिय तहहरु तथा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुकाे चरित्र हत्या र मानमर्दन गर्ने किसिमले केही दैनिक तथा अनलाइन संचारमाध्यमहरुमा भ्रामक समाचार प्रकाशन गरिएकाे प्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

जारी प्रेस विज्ञप्तीमा पछिलाे समयमा पटेर्वा सुगाैली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवकाे व्यक्तिगत चरित्र हत्या गर्ने गरी प्रकाशित तथ्यहिन समाचारले आम निष्पक्ष संचारमाध्यहरु तथा श्रमजिवि संचारकर्मीहरुकाे समेतक मानमर्दन गरेकाे उल्लेख गरिएकाे छ ।

इन्धन नदिएकाे, विज्ञापन नदिएकाे, भनेजतिकाे भुक्तानी नगरेकाे र अन्य स्वार्थ पुर्ति नभएकाे जाेकमा काेही कसैले भ्रामक, निर्धार र तथ्यहिन समाचार लेखि कसैकाे मानमर्दन गर्नु, गराउनु पेशागत आचरणकाे प्रतिकुल हुनुकाे साथै डन्डनिय पनि रहेकाे संगठनले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...