Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

पत्रकारलाई सहज सूचना उपलब्ध गराउन समाजवादी प्रेस संगठनकाे माग

spot_img
spot_img

वीरगंज । स्थानिय तह निर्वाचनकाे मतगणनाकाे सूचना पत्रकारलाई सहज तरिकाले उपलब्ध गराउन समाजवादी प्रेस संगठन नेपाल पर्साले माग गरेकाे छ । पर्सामा पत्रकारहरुले मतगणनाकाे सूचना पाउन कठिन भइरहेले संगठन पर्साका अध्यक्ष मनाेज पटेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सहज सूचना उपलब्ध गराउन माग गरेका हुन् । 

पटेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा निर्वाचन आयोगले आफ्नो गल्ती लुकाउन उम्मेदवार मनोनयनको बेलादेखि सूचना संकलनमा खटिएका पत्रकारहरुलाई अंकुश लगाउदैं आएको सबैमा सर्वविधितै छ । स्थानिय तहको निर्वाचनमा निर्वाचन आयोग तथा निर्वाचनमा खटिएका कर्मचारीेहरुको लापरवाहीका कारण देशका विभिन्न स्थानहरुमा चुनाव शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न हुन नसकेको ठहर रहेकाे जनाएकाे छ ।

जनतालाई सूचना प्राप्त गर्ने अधिकार संविधानले दिएको तथा सो कार्यमा खटिएको पत्रकारहरुलाई कुनै पनि बहानामा सूचना प्रवाहमा रोक लगाउन नहुने हो । पछिल्लो समयमा पर्साका पत्रकारहरुलाई निर्वाचनको मतगणनाको सूचना संकलनको क्रममा विभिन्न बहानामा मुख्य निर्वाचनको कार्यालय तथा निर्वाचन अधिकृतहरुले फोनमा धाकधम्कीपूर्ण व्यवहार गरी दुव्र्यवहार गर्नु, फोनमा सूचनामा माग गर्दा नदिनु, फोन नउठाउनु, निर्वाचन अधिकृतहरुले ह्वाट्सपमा आईडी काड माग गर्नु, वीरगंज महानगरपालिकाको मतगणना भईरहेको नृसिंह माविमा पत्रकारहरुलाई दुर्व्यवहार गरिएको घटनाप्रति समाजवादी प्रेस संगठनकाे गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

बाध्य भएर पत्रकारहरुले गरेको पेन डाउनको क्रममा मुख्य निर्वाचनको कार्यालय पर्सासँग भएको सम्झौता तत्काल कार्यवन्यन गर्न गराउन समेत विज्ञप्ती मार्फत माग गरेकाे छ ।

यसका साथै प्रेस संगठनले पर्साको संचारकर्मीहरुलाई सहज वातावारणमा सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन तथा १४ पालिकाकै ताजा मतपरिणामहरुलाई एकिकृत प्रणाली अन्तर्गत पत्रकारहरुलाई सूचना उपलब्ध गराउन मुख्य निर्वाचनको कार्यालय पर्सा र जिल्ला निर्वाचन कार्यालय पर्सासँग माग गरेकाे छ ।

जनतालाई सत्य तथ्य सूचना प्रदान गर्न अहोरात्र खटिएका पत्रकारहरुलाई कुनै पनि बहानामा धाकधम्की, दुर्व्यवहार अथवा सास्ती दिने प्रयास गरिए आन्दोलनमा उत्रिन बाध्य समाजवादी प्रेस संगठनले विज्ञप्ती मार्फत चेतावनी समेत दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...