Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

इ रिक्सा चालक मुख्तार हत्यामा संलग्न ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । ई रिक्सा चालक भारतीय नागरिक मुख्तार मियाँकाे हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी ६ घर भई हाल वीरगंज ३ छपकैया बस्ने ई रिक्सा चालक बर्ष ३० को सुनिल कुमार महतो, भारत बिहार जिल्ला मुंगेर थाना हवेली खडकपुर ग्राम बैजरपुर ३ घर भई हाल वीरगंज ३ छपकैया बस्ने ५५ बर्षिय सपन मण्डल, बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने कार्टुन फ्याक्ट्रीमा काम गर्ने बर्ष २२ को निकेश पटेल, भारत बिहार घर भई वीरगंज २ छप्कैया बस्ने होटल व्यावसाय गर्ने वर्ष ३५ को बक्सर भन्ने नाजिर हुसैन र वीरगंज ३ छप्कैया बस्ने होटल व्यावसाय गर्ने छोरा वर्ष ५० को बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पुस २२ गते वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही, नारायणी बयोधा अस्पतालको पछाडि रहेको नहरमा ४५ बर्षिय ई रिक्सा चालक भारतीय नागरिक मियाँकाे हत्या गरीएको अवस्थामा शव प्रहरीले फेला पारेको थियो । पुस २१ गते साँझ ६ बजे मियाँ ई रिक्सासहित हराएको भनि उनकी श्रीमतीले खोजतलासको लागि पुस २२ गते दिउँसो तीन बजे लिखित रुपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन ।

उनको निवेदनको आधारमा खोजताल गर्दै जाँदा पुस २२ गते दिउँसो साँझ ५ बजे अर्थात २ घण्टामै जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण टोलीले मुख्यारलाई मृत अवस्थामा नारायणी बयोधा अस्पताल पछाडि रहेको नहरमा भेटिएको पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले बताए । प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतकसँगको झगडापश्चातको रिसवी र आर्थिक प्रलोभनमा मुख्तारको हत्या गरिएको अनुसन्धानबाट प्रहरीले खुलाएको छ ।

मुख्तार भारत बिहार, जिल्ला बैशाली, ग्राम पञ्चायत महुवा निवासी हुन् । २०६३ सालमा जन्मको आधारमा पर्सा जिल्लाबाट नेपाली नागरिकता लिएका छन । हाल दुवै देशको नागरिक रहेका प्रहरीले अनुसन्धान गर्ने क्रममा फेला पारेको छ । मृत्यु पश्चात उनको परिवारले शव दाहंसंस्कारको लागि भारत नै लगिएको प्रहरी उपरिक्षक बस्नेतले जानकरी गराएका छन ।

जिल्ला प्रहरी कार्यालय प्राङ्गणमा बिहिबार प्रहरी उपरिक्षक बस्नेतले पत्रकार सम्मेलन नै गरेर मुख्तार हत्याकाण्डमा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गर्दै आफसी झगडाको रिसिभी साध्न र आर्थिक प्रलोभनमा हत्या जस्ता अपराधि घटना घटाईएको बताए ।

घटना पश्चात ई रिक्सा व्यवस्थापन गर्न दुई जना मतियारकाे प्रयाेग भएकाे उनले खुलाए । पक्राउ परेका मध्येका नाजिर हुसैन र बाबर हुसैनलाई घटनाका मतियार रहेकाे उनले वताए । 

घटना घटेको केही दिन अगाडि मियाँसँग एउटै घरमा भाडामा बस्ने सपन मण्डलसँग झगडा परेको थियो । बिहारको मुंगेर थाना बैजरपुर निवासी हाल छपकैया बस्ने सपन वीरगंज फल्स सिलिङको काम गर्छन् । ‘सपनले सुनिल कुमारसँग मिलेर मुख्तारको हत्या योजना बनाएका थिए, प्रहरी उपरिक्षक बस्नेतले भने, ‘त्यसका लागि ई–रिक्सा खरिद गर्नका लागि ५० हजार रुपैयाँ दिने भनि सुपारी दिएका थिए ।’

बिहार मोतिहारी निवासी सुनिल हाल वीरगन्जको छपकैयामा बस्दै आएका छन् । दोस्रो लकडाउन अगाडिसम्म उनी मुख्तार बस्ने घरमै भाडा लिएर बस्थे । तर, दुवैको श्रीमतीको बीचमा झगडा भएपछि अहिले छेउकै घरमा भाडामा बस्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । एसपी बस्नेतका अनुसार सुनिलले योजना बनाई एकजना भारतीय साथी र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रिमा मिस्त्री काम गर्दा परिचय भएको निकेशलाई बोलाएका थिए ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले सुनिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि थप अभियुक्त पक्राउ परेका थिए । ‘पुस २१ को करिब पौने ५ बजेको समयमा सुनिलको भारतीय साथी र निकेशले मुख्तारलाई घटनास्थल लिएर पुगेका थिए,’ एसपी बस्नेतले भने, ‘नारायणी अस्पताल अगाडि श्रीमतीको ठेला पसल छेउमा ई–रिक्सा रोकी बसेका मुख्तारलाई दुबैलै बयोधा अस्पतालबाट डेलिभरि केस नारायणी अस्पताल ल्याउनु छ, ५ सय रुपैयाँ भाडा दिन्छौं भनी लगेका थिए ।

पहिलेदेखि घटनास्थलमा रहेका सुनिलले निकेश र भारतीय साथीसँग मिली फलामको रेन्चले मुख्तारको टाउकोमाथि अन्धाधुन्ध प्रहार गरेका थिए । मृत्यु भएपछि नहरमा उत्तानो फालेर पल्टाइदिएका थिए । घटनास्थलबाट केही पर पुगेर उनीहरुले रेन्च र रगत लागेको सर्ट फालेका थिए । सुनिलले बाबर र बक्सरलाई फोन गरी मुख्तारको ई–रिक्सा व्यवस्थापन गर्न लगाएको पाइएको छ । गत पुस २५ मा मृतकको ई–रिस्का बाराको फेटा गाउँपालिका–४ स्थित पिलाहा सडकमा बरामद भएको थियो । प्रहरीले अभियुक्त सुनिलको अटो समेत बरामद गरेको छ । घटनामा प्रयोग भएको फलामको रेन्च, अभियुक्तहरुको मास्क, रगत लागेको सर्ट, रगत लागेको ज्याकेट, रगत लागेको स्पोर्टस जुत्ता बरामद भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...