Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने

spot_img
spot_img

वीरगंज । स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् ।

प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने जनाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारकाे लागि छनाैट भएका व्यक्तिहरु प्रक्रिया नै नपु¥याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूर्णतः प्रेस चौतारीकरण गरिएले पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने निर्णय गरिएकाे प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले वताए ।

महासंघलाई सचिन्न, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरिएकाले पुरस्कार वितरण समाराेह बहिस्कार गर्न निर्णय गरिएकाे प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतमले वताए ।

विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निर्णय सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमकाे वास्ता नै नगरेकाेले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणकाे समाचार नलेख्न निर्णय गरिएकाे समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले वताए । 

विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निर्णय गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनु हुन अनुराेध गरेका छन्  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...