Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

चक्कु प्रहार गरी इ रिक्सा चालककाे हत्या

spot_img
spot_img

वीरगंज । वीरगञ्जमा इ रिक्सा चलाउँदै आएका एक भारतीय नागरिकको चक्कु प्रहार गरी हत्या भएकाे छ । भारत मुजफ्फरपुर, जगरनाथपुर थाना मोतिपुर घर भएका २४ वर्षीय नेपाली इ रिक्सा चालक सुशिलकुमार साहकाे मृत्यु भएकाे हाे ।

ना २ ह ३७९७ नम्बरको अटो चलाउँदै आएका उनलाई बहिबार दिउसाे भारत–नेपाल मैत्री पुल नजीकै इ रिक्सा पार्किङ गर्ने क्रममा चक्कु प्रहार गरिएकाे थियाे ।

उपचारका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको आफन्तले जनाएका छन् । वीरगञ्ज–८ गहवास्थित भिनाजु सुरेश साहको घरमा बसेर उनी अटो चलाउँदै आएका थिए ।

गएराति नै मृतकको शव पोष्टमार्टमका लागि भारत पठाइएको थियाे ।। घटना सम्बन्धमा भारतीय र नेपाली प्रहरी संयुक्तरूपमा घटनास्थलमा पुगी अनुसन्धान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटना भारतमा नै भएकोले भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । ‘नेपाली नम्बरको अटो मात्रै हो, मृतक भारतीय नागरिक हुन्, घटनास्थल भारतमै पर्छ ’ उनले भने, ‘भारतीय प्रहरीले नै अनुसन्धान गरिरहेको छ ।’

घटनाकाे विराेधमा इ रिक्सा चालकहरु आन्दाेलित

हत्याकाे विराेधमा इ रिक्सा चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् । चालकहरुकाे आन्दाेलनका कारण बिहिबार दिनभरी वीरगञ्जमा इ रिक्सा चलेन ।

अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा उत्रिएको बताए । ‘साथीको अनाहकमा हत्या भएको छ । भोलि त्यस्तो घटना हामी माथि पनि घट्न सक्छ,’ उनले भने, ‘उनको न्यायका लागि दबाव दिन र शोकमा अटो नचलाउने निर्णयमा पुगेका हौं ।’

रक्सौलस्थित अटो चालक संघका अध्यक्ष समेत रहेका सैदुल्लाह खान भन्ने व्यक्तिले उनीमाथि छुरा प्रहार गरेको आरोप लागेको छ । मृतकका आफन्तले भारतीय प्रहरी समक्ष दिएको उजुरीको आधारमा सैदुल्लाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

रक्सौलमा नेपाली अटो जान स्थानीय प्रहरी प्रशासनले नरोके पनि भारतीय अटो चालकहरुले विरोध जनाउँदै आएका थिए । कहिले टायर काटिदिने त कहिले सिसा फोडिदिने गरेको अटो चालकहरु बताउँछन् ।

नेपाली नम्बरको ई–रिक्सा भने मितेरी पुलसम्म मात्रै सञ्चालनमा छ । नारायणी ई–रिक्सा संघका अध्यक्ष स्वयब मियाले रक्सौलमा नेपाली अटो जान रोक लगाउनुपर्ने बताए । ‘भारतीय अटो भारतमा चल्छ, नेपाली अटो नेपालमा चल्छ,’ उनले भने, ‘ यताको उता, उताको यता नगर्ने हो भने समस्या नै आउँदैन ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...