Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

साथीलाई काठमाडाैंबाट वीरगंज बाेलाएर हत्या गर्ने ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले एक युवकलाई लुटपाट गरी हत्या गरेकाे आराेपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका वडा नं. १ घर भई काठमाडौंमा बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको लुटपाट र हत्यामा संलग्न तीनै जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बीरगन्ज महानगरपालिका वडा नं. ७ रामटोलका २५ वर्षीय राम महर्जन, सोही ठाउँका विक्की भन्ने २७ वर्षीय दिप लामा तामाङ र बारा जिल्ला फेटा गाउँपालिका वडा नं. ३ का धनन्जय रजक रहेका छन् ।

लुटपाट गरेको अन्य धनमाल लिई फरार हुने भारत बिहार, पूर्वी चम्पारण, जिल्ला मोतीहारी घर भई बीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने रवि सर्राफको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले वताए ।

हत्या र लुटपाटमा संलग्न ४ जनाले लुटपाट गर्ने योजना बनाई राहुल महर्जनको पुरानो चिनजानको साथी ज्ञानु पाख्रिनलाई बीरगञ्ज बोलाएको अनुसन्धानबाट खुलेको प्रवक्ता खनालले बताए । महर्जनको निम्तोमा आफ्ना दुई साथीहरुसहित बुधबार साँझ काठमाडौंबाट वीरगंज आएका पाख्रिन र ४ जना अभियुक्तहरुसहित ७ जना सो साँझ दीप लामा तामाङको खाली घरमा बसेका थिए ।

सबै जना रातभरि मापसे गरी बसेकोमा बिहीबार बिहान १ः३० बजेतिर अभियुक्तहरुले आफ्नो याेजनालाई सफल बनाउन पाख्रिनलाई मात्र वियर किन्ने बहानामा वीरगंजकाे रामटोलस्थित एकान्त स्थानमा लगेर लुटपाट गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले जनाए अनुसार अभियुक्तहरुले पाख्रिनको घाँटीमा लक लगाई अँठ्याई ज्यान लिई उनको सुनको सिक्री, सुनको औँठी, घडी र नगद दश हजार लुटपाट गरेका हत्या गरेका हुन् । सो पश्चात् लुटपाट गरेको धनमाल रवि सर्राफले राखी तत्काल फरार भएको र अन्य तीन जना फरार हुने क्रममा नियमित गस्तीमा घटनास्थल नजिक प्रहरी टोलीले तत्काल उनीहरुलाई पक्राउ गरेको प्रवक्ता खनालले जानकारी दिए ।

प्रहरीले घटनास्थल तथा घटना विवरण यकिन गरी थप अनुसन्धान गर्दा तामाङले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा समेत बरामद भएको छ ।

हाल पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...