Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रतिगमन विरुद्ध एकताबद्ध हुन पर्साका पाँच दलद्वारा संयुक्त आहवान

spot_img
spot_img

वीरगंज । प्रतिगमन विरुद्ध एक जुट हुन पर्साका पाँच राजनितीक दलले संयुक्त आहवान गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवदी केन्द्र), नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा पर्साले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्ताे आहवान गरेका हुन् ।

झण्डै ७ दशकको निरन्तरको जनसंघर्ष पछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, संविधान सभाबाट निर्मित संविधान, विधिको शासन प्रणली र समाजवाद उन्मुख समृद्धिको मार्ग चित्रलाई विलुप्त गरी पुनः कालोदिनका लागी अध्याँरो सुरुङ्गभित्र देशलाई धकेल्ने वर्तमान संघीय सरकार र शितल निवासको भूमिका विरुद्ध ५ राजनैतिक दलहरु मोर्चावद्ध भई सबैलाई एकजुट हुन आहवान गरेका छन् ।

नेपाली काँग्रेस पर्साका उपसभापति प्रकाश कुमार उपध्याय, नेकपा माओवदी केन्द्रका प्रदेश समिती सदस्य छोटेलाल यादव, नेकपा एमाले माधव नेपाल पक्षका पर्सा अध्यक्ष बालगोपाल थापा, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र राष्ट्रिय जनमोर्चा पर्साका अध्यक्ष अक्षेलाल साहले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पर्सामा समेत पाँच राजनितीक दलहरुले एकजुट भई अघि बढ्ने जानकारी दिएका छन् ।

जिल्ला भित्रका स्थानिय तहका पार्टी अगुवाहरुलाई पनि यसै बमोजिम एक जुटभएर अगाडि बढन विज्ञप्ती मार्फत अहवान गरेका हुन् ।  

जारी विज्ञप्तीमा विगतका विभिन्न आन्दोलनहरु (संयुक्त जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलन, आदिबासी जनआन्दोलन आदि) बाट प्राप्त उपलब्धीहरु आज पुनः खोसिने र निरंकुशताको इतिहास दोहो¥याउने षडयन्त्र सहित निर्वाचित प्रतिनिधि सभा पटक–पटक विघटन गरिदैछ ।

यसले संविधानको हुर्मत लिने काम भएको छ भने कानुनी राज्यको खिल्ली उडाईएको छ । सुशासन दिन नसक्ने व्यक्तिको हातमा राज्यसत्ताको नेतृत्वको परिणाम आजको स्थिति हाे । यसबाट मुलुक गम्भिर संकटमा परेको छ र यसबाट राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता अदि सबै खतरामा परेको हाम्रो ठहर छ ।

यसर्थ, संविधानको रक्षार्थ र संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रतिगमन विरुद्ध उभिनु कत्र्तव्य ठानेका छौं र एकजुट भएका हौं उल्लेख गरीएको छ ।

जारी विज्ञप्ती मार्फत नै ५ दलले विश्वव्यापी माहामरीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड –१९) ले शुक्रबार सम्म ९ हजार १ सय ८९ जना नेपालीको नेपालमा र नेपाल बाहिर ५ सयभन्दा बढीको ज्यान लिईसकेको जनाउँदै मृतक सबै प्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।

काेराेना महामारीले विश्वकै अर्थतन्त्रलाई संकटमा पु¥याएको छ । हामि नेपाली र नेपाल कति पिडामा छौं, सबैले बुझेका छौं । यसप्रति राज्य जति गम्भिर हनुपर्ने, पुर्व तयारी गनेु पर्ने, रोकथाम तथा उपचारका उपायहरु गर्नुपर्ने जति अबलम्बन गरेको देखिएन । झन राहतका नाममा भ्रष्टाचार आदि देख्दा घृणा जागेर आउँछ जारी विज्ञप्तीमा उल्लेख छ ।

यी सबैका विरुद्ध हावाज उठाउन, कोभिड–१९ विरुद्ध एकजुट भई अगाडि बढन र स्वास्थ्य मापदण्ड पालना गरी कोरोनाबाट बच्न पनि पांच दलले आग्रह गरेका छन् । साथै सम्पुर्ण लक्षित नेपाली जनतालाई यथासिघ्र खोप उपलब्ध गराउन पनि नेपाल सरकारसंग जोडदार माँग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...