Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

संचारकर्मीहरुमाथि भएको दुर्व्यवहारकाे घटनाप्रति पत्रकार सम्बद्ध चार संगठनद्वारा खेद प्रकट

spot_img
spot_img

वीरगंज । संचारकर्मीहरुमाथि भएको दुर्व्यवहार घटनाप्रति पत्रकार सम्बद्ध पर्साका विभिन्न संगठनहरुले खेद प्रकट गरेका छन् ।

पर्साका पत्रकार आवद्ध विभिन्न संगठनहरुले आईतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पप्पु कन्सट्रक्सनकाे पीडा तथा त्यसको कारणले पिडित रहेका स्थानीयलाई उदृत गर्देै समाचार लेखेको निहुमा र समाचार संकलन गर्न गएका संचारकर्मीहरु सुरक्षाकर्मीबाट नै दुव्र्यवहार गरी प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने प्रयासहरु देखा परेकोमा गम्भीर आपत्ति रहेको जनाएका छन् ।

प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, नेपाल प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मी, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष विजय चौहान र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नेपाल पोष्ट डेली डटकमका सम्पादक पत्रकार अशोक संग्रौलालाई समाचार लेखेकै निहुँमा पप्पु कन्स्ट्रक्सन प्रालिका अध्यक्ष सुमित रौनियारले विभिन्न माध्यमबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने र निजले नै सञ्चालन गरेको सञ्चार माध्यम तथा सामाजिक सञ्जलमा समेत प्रतिशोधपूर्ण भ्रामक समाचार समेत प्रकाशित गरे गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पूर्वाग्रही भावना राखी सञ्चार माध्यम र सञ्चारकर्मीलाई धाकधम्की दिने, व्यक्तिगत चरित्रमाथि आँच आउने गरी पत्रकार आचार संहिता विपरीत आफ्नाे स्वामित्वमा रहेको सञ्चार माध्यमको प्रयोग गरी र सञ्चार गृहमा कार्यरत कर्मचारीहरु मार्फत समेत विभिन्न सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने काम गरेको प्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।

त्यस्तै, समाचार संकलन गर्न गएका सजिलो न्युज डट कम अनलाइनका पत्रकार श्याम पासवानलाई यही जेठ २२ गते शनिबार पर्साको भिखमपुरस्थित सशस्त्र प्रहरीले गरेको अभद्र व्यवहारकाे घटनाप्रति पनि संयुक्त रुपमा जारी विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।

आफुलाई चित्त नबुझेको समाचारमा कुनै स्पष्ट पार्नुपर्ने भए कानूनी उपचारको व्यवस्था हुँदाहुँदै लोकतन्त्रमा सूचनाको हक तथा वाक स्वतन्त्रतामाथि नै प्रहार हुनेगरी गरेको व्यवहारप्रति घोर भ्रत्र्सना गर्दै आगामी दिनमा यस्तो किसिमको व्यवहार नदोहोरियोस् भन्ने चेतावनी विज्ञप्तिमा पत्रकार सम्बद्ध संघ–संगठनहरुले दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...